सुर्खेत– हुम्लाको चंखेली गाउँपालिका–६ मो सुक्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।
पहिरोमा परि २४ वर्षीया बसन्ती तामाङ र १३ वर्षीया बाँचु तामांगको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परी घाइते हुनेहरुमा युकेश तामाङ, विनिता तामाङ, हेमन्त तामांग र सुष्मिता तामाङ रहेका छन्।
पहिरोले घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि जिल्ला सदरमुकाम सिमकोट पुर्याइएको छ।
उनीहरुको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेका सोही अस्पतालका चिकित्सक डा नवीन रोकायले जानकारी दिए।
घाइते दुई जनाको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरमार्फत उनीहरुलाई सदरमुकाम पुर्याइएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।
जिल्ला सदरमुकामदेखि निकै टाढा रहेको घटनास्थलमा टेलिफोनको समेत पहुँच नभएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।