कञ्चनपुर– कञ्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन्।
बेल्डाँडी गाउँपालिका–२ का ६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरिएको हो।
विष्टले ललाइ–फकाइ बलात्कार गरेको कुरा ती बालिकाले सुनाएको बालिकाकी आमाले बताइन्। उनका साथीसँग सोधपुछ गर्दा अर्की बालिका पनि बलात्कारको सिकार भएको खुलेको बालिकाकी आमाको भनाइ छ।
पीडित परिवारले शुक्रबार विष्टविरुद्ध इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए।
उजुरीपछि विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।