काठमाडौं- दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ६१ वर्षीय डुलबहादुर खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
खड्काले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।