काठमाडौं– मेडिकल व्यवसायी खुमा अर्यालले दाङमा ५०० शय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याउने भएका छन्। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम भइरहेको छ।
अर्यालले करिब ३ अर्ब लगानीमा सञ्जीवनी अस्पताल निर्माणको काम अगाडि बढेको जानकारी दिए। ‘अस्पतालको भवन निर्माणको तहमा छ,’ उनले भने, ‘स्वीकृतिको प्रक्रियामा छ। स्वीकृति पाएसँगै दशैंको कोजाग्रत पूर्णीमाको दिनबाट अस्पतालको सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं।’
![sanjeeveni hospital7.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-01-27/sanjeeveni%20hospital7.jpg)
अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्यसहित अस्पताल ५०० शय्याको अस्पताल बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।
भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै अर्यालले एक हजारभन्दा बढीले रोजगारी पाउने बताए।
‘भवन निर्माणको कामले तीव्रता लिइरहेको छ,’ उनले भने, ‘कोजाग्रत पूर्णीमाको दिनदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले आगामी असार मसान्तभन्दा पहिले नै जनशक्ति व्यवस्थापनको काम अगाडि बढ्छ।’
![sanjeeveni hospital construction.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-01-27/sanjeeveni%20hospital%20construction.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।