उदयपुर– उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर शनिबार २ जनाको ज्यान गएको छ। ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु हो।
ना अ १३२९ को टिपरले सडकमा ढुंगा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।