• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अनुसन्धानकर्मीलाई झुक्याइरहेको बाँदर!

रामबहादुर थापा/रासस शुक्रबार, माघ २६, २०८०  १२:२६
1140x725

गण्डकी– बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो। भलै वडाको त्यो निर्णय धेरै समय टिकेन। 

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो। महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना रद्द गर्न र रुख कटानको कार्य बन्द गर्न अनुरोध गर्‍यो।  

वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो। बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो।  

समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली काँग्रेस, गुल्मीले किसानलाई बाँदर लखेट्न काम लाग्ने गुलेली र मटेङ्ग्रा दिएको हो। हालै पर्वतको कुश्मा नगरपालिका–९ मा बाँदर धपाउन वडाध्यक्ष राम शर्मा लामिछानेसहित १५ जना स्थानीयवासी पालो बाँडेर खटिएको खबरले पनि धेरैको ध्यान खिच्यो। 

यसरी नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतङ्क किन ज्यूँका त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल यसमा भुक्तभोगी नै छन्। 

उनले बाँदर नियन्त्रणका लागि आफू गाउँपालिकाको नेतृत्वमा हुँदा गरेका पहल र प्रयासको फेहरिस्त नै सुनाए। ‘फिरन्ते जाति राउटेले बाँदरको सिकार गर्ने हुँदा उनीहरुलाई सल्यानबाट गाउँपालिकामा ल्याउने तयारी र बन्दोबस्तसमेत गरिसकेका थियौँ, पछि प्रशासनले रोक्यो’, गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार पोखरेलले भने, ‘राउटेलाई बाँदर सिकार र आहारविहार गर्न छुट भएकाले त्यसबाट बाँदरको संख्या घटाउनमा मद्दत पुग्ने हामीले सोचेका थियौँ।’

स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि आविष्कार गरेको बाँदर धपाउने बन्दुक पनि लगेर किसानलाई बाँडेको उनले बताए। ‘पछि गाउँकै किसान र युवालाई प्रविधि सिकाएर बाँदर धपाउने बन्दुक गाउँपालिकामै बनाउन र बाँदर प्रभावित किसानलाई वितरण गर्न थाल्यौँ’, पोखरेलले भने, ‘बन्दुक पड्काउँदा एक वर्षजति त बाँदर भागे, बालीनाली केही जोगियो, तर अहिले बन्दुकलाई पनि बाँदरले टेर्न छाडिसके।’

बाँदर धपाउन बोटविरुवा र बालीनाली छेउछाउ ब्याट्रीबाट चल्ने ठूल्ठूला कृतिम बाघ, सर्पसम्म राखेर हेरिएको उनले सुनाए। ‘बाँदरलाई बस्तीतिर छिर्न नदिन घाँसहरु पनि रोप्यौँ, अण्डाको गन्धले बाँदर आउँदैन भनेर अण्डा फुटाएर रुखमा पनि दलेर हेर्‍यौँ’, पोखरेलले भने, ‘सुने र थाहा भएजतिका उपाय लगाउँदा पनि बाँदर नियन्त्रणमा खास उपलब्धि हुन सकेन, बाँदरको रजगज चलेकै छ।’

Ncell 2
Ncell 2

बाँदरले बालीनाली खाइदिएर गाउँपालिकाका किसान हैरान परेपछि बाँदर विज्ञसहित वन विज्ञानका विद्यार्थीलाई नै गाउँमा बोलाएर बाँदरको चरित्र र आनीबानीबारे अध्ययनसमेत गरिएको उनले बताए। ‘पहिले बारी र पाखातिर मात्र चहार्ने बाँदर अहिले भान्छामै छिरेर कसौँडीको भातसमेत लगेर जान थाल्यो, घरमा महिला या बालबच्चा देख्यो भने त आक्रमण नै गर्न तम्सिन्छ’, पोखरेलले भने।

गण्डकी विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका इन्जिनीयर सागरराज पौडेलले ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि आफूहरु अनुसन्धानमा जुटेको बताए। उक्त केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बाँदर धपाउने बन्दुक पनि बनाइसकेको उनको भनाइ छ। 

‘पिभिसी पाइप र कार्बाइडबाट बाँदर धपाउने बन्दुक बन्छ, तर अहिले बन्दुकको आवाजसँग पनि बाँदर तर्सन छोडेको किसानले बताउन थालेका छन्, यसमा पनि बाँदर अनुकूलन भइसकेको देखिन्छ’, इन्जिनियर पौडेलले भने, ‘बाँदर नियन्त्रणका लागि अपनाइएका कुनैपनि विधि र प्रविधि दीर्घकालीन हुन सकेका छैनन्।’

बाँदर तर्सेर भागोस् भनेर केन्द्रले बाघ, कुकुरलगायत जनावरको आवाजलाई ‘ड्रोन’बाट सुनाउन मिल्ने गरी प्रविधि र यन्त्र निर्माणको काम गरिरहेको उनले बताए। वैज्ञानिक डा  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहित विश्वविद्यालयका इन्जिनीयर र प्राविधिक त्यसको अनुसन्धान तथा निर्माणका काममा तल्लिन छन्।

इन्जिनियर पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार गर्ने नभइ भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताए। पछिल्लो समय राष्ट्रिय कृषि इन्जिनीयरिङ अनुसन्धान केन्द्रले पनि सोही प्रविधिको बाँदर धपाउने यन्त्र निर्माण गरेर बजारमा पुर्‍याएको छ। केन्द्रका इन्जिनियर प्रवेश यादवले बाँदर नियन्त्रणका लागि उक्त यन्त्र सफल देखिएपछि अहिले विभिन्न स्थानीय तहहरुबाट माग आइरहेको बताए। 

‘कार्बाइड र पानीबीच रसायनिक प्रतिक्रिया भइ उत्पन्न हुने एसिटिलिन ग्यासमा लाइटरको सहायताले आगो लगाएपछि मेसिनबाट ठूलो आवाज निस्कने हुनाले बाँदरलाई तर्साएर भगाउन सकिन्छ’, उनले भने। यसअघि बनेका बाँदर धपाउने बन्दुकमा ‘पिभीसी’ पाइपको प्रयोग गरिएकामा केन्द्रले निर्माण गरिरहेको यन्त्रमा भने फलामको पाइप जडान गरिएको छ। 

केन्द्रले उक्त यन्त्रको मूल्य १ हजार ८०० तोकेको इन्जिनीयर यादवले बताए। अरु यन्त्रको भन्दा सस्तो मूल्य, फलामको पाइप भएकाले बढी टिकाउने हुने र जमिनमा राखेर पड्काउन सकिने हुँदा किसानलाई सो यन्त्र बढी लाभदायी हुने केन्द्रले जनाएको छ। अहिले चलिरहेको यन्त्रको आवाजसँग पनि बाँदरले आफूलाई अनुकूलन गराएर नतर्सने स्थिति आएमा नयाँ प्रविधिबारे अनुसन्धान थालिने इन्जिनियर यादवले बताए। 

पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपानेले नेपालको मध्यपहाडी भूभागमा बाँदरको समस्या बिकराल रहेको बताए। ‘बाँदरको खानेभन्दा बढी बिगार्ने स्वभाव हुन्छ, छिनभरमै बाली सखाप पारिदिन्छ’, उनले भने, ‘किसानले बाली जोगाउन सुरक्षाका विधि अपनाए भने त्यसैबाट पाठ सिकेर प्रतिकुलतालाई अनुकूलतामा बदल्ने खुबी बाँदरले राख्छ।’

परिवर्तनलाई ग्रहण गर्ने र त्यसमा सजिलै घुलमिल हुन सक्ने क्षमता मानिसपछि सबैभन्दा बढी बाँदरमा रहेको डा न्यौपानेको भनाइ छ। वन जङ्गलबाट मानव बस्तीतिर सरेर सामाजिकीकरण हुन खोजिरहेको बाँदरलाई फेरी जङ्गलतिर फर्काउने काम सजिलो नभएको डा न्यौपानेले बताए। 

‘बाँदरलाई पारिस्थितिक प्रणालीसँग जोडेर हेर्नुपर्छ, हामीले बाँदरको संख्या बढ्यो मात्र भनिरहेका छौँ,’ उनले भने, ‘पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि मानिसलाई त्यस्तो लागेको मात्र पनि हुन हुनसक्छ, वनजङ्गलमा उचित आहारा र वातावरण नपाएका कारण यथार्थमा बाँदरको संख्या घटेको पो छ कि ? योतर्फ अहिलेसम्म कुनै खोज, अनुसन्धान भएको छैन।’ 

चलाख र अरुको देखासिकी गर्ने बानीका कारण किसान मात्र नभएर विज्ञ र अनुसन्धानकर्मीलाई समेत बाँदरले झुक्काइरहेको डा न्यौपानले बताए। ‘पहिले बाँदर लखेट्ने कुकुर अहिले उल्टै बाँदरसँग डराउनुपर्ने स्थिति छ, बाँदरको खाने बानीमा परिवर्तन आएको छ, पछिल्लो समय सुन्तला, प्याज, जसुनलगायतलाई पनि बाँदरले आहारा बनाउन थालेको छ’, उनले भने, ‘पहिले बाँदरको हातमा नरिवल भनेर अरुलाई गिज्याउने गरिन्थ्यो, अहिले बाँदरले नै नरिवल फोडेर खाएको देखिन्छ।’

डा न्यौपान निर्दयी क्रियाकलापबाट नभइ मानवीय उपायबाट नै बाँदरको समस्या हल गर्नुपर्ने धारणा राख्छन्। ‘संरक्षित जनावर भएकाले बाँदरलाई मार्न वा चोरीपैठारी गर्न पाइँदैन, बाँदर प्रकृति र जैविक विविधताको पनि एक हिस्सा हो’, उनले भने, ‘बाँदर व्यवस्थापनका लागि राज्यले ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक छ।’

बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाइएका उपाय र विधि अल्पकालीन समाधान मात्र भएको डा न्यौपानेको भनाइ छ। बन्दुक पड्काएर बाँदर लेखेट्ने तरिका पनि सँधै काम नलाग्ने उनले बताए। ‘कुनै एकमात्र विधि अपनाएर बाँदर व्यवस्थापन गर्न सकिँदैन, कानूनी परिधिभित्र रहेर विभिन्न विधिको एकीकृत प्रयोग गर्नुपर्छ’, डा न्यौपानेले भने।

खेती गरिएको जमिन र वन सँगसँगै हुँदा पनि बाँदरको समस्या थप जटिल बनेको उनको भनाइ छ। जङ्गलमै आहाराको व्यवस्थापन गर्न सके बाँदर बस्तीतिर नछिर्ने डा न्यौपानेले बताए। ‘काफल, बयर, चुत्रो, ऐसुले, कटुस जस्ता फलफूल कन्दमुल प्रशस्त मात्रामा वनमै उपलब्ध हुन सके बाँदर आहाराकै खोजीमा बस्तीतिर आउँदैन’, उनले भने। बाँदरबाट प्रभावित किसानलाई वैकल्पिक खेती प्रणालीमा जान प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ। बाँदर लाग्ने ठाउँमा पशुपालन, पक्षीपालन, माहुरीपालन, रेशम खेती, च्याउ खेती, घाँसखेतीलगायत गर्न सकिने डा न्यौपानेको सुझाव छ। धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनले बताए।

‘महिला र बालबच्चालाई बाँदरले टेर्न छाडिसक्यो, कुकुरसँग पनि अचेल डराउँदैन, फेरी गाउँघरमा बाँदर लखेट्ने मानिस पाउन पनि कठिन छ, बरु राज्यले नै बाँदर लखेट्ने कृषि रक्षक राख्नेबारे किन विचार नगर्ने ?’, उनले भने। विज्ञहरुले बाँदरको संख्या वृद्धि हुन नदिन जन्मदर नियन्त्रणको कार्यक्रम चलाउनुपर्ने सुझावसमेत दिने गरेका छन्।

‘एक घर, एक बाँदर’ पाल्ने रणनीति तय गर्नुपर्ने, बाँदरको व्यवस्थित सिकारका लागि कानुनी प्रबन्ध हुनुपर्ने जस्ता आवाज पनि बेलाबेला उठ्ने गर्छन्। अनेक उपाय र विधि अपनाउँदा पनि बाँदरले बालीनालीमा नोक्सानी पुर्‍याउन नछाडेपछि किसान भने आजित छन्। बाँदरकै कारण आत्महत्यादेखि बसाइँसराइले गाउँ नै स्थानान्तरण भएकासम्म दुःखदायी खबर सुन्नु परिरहेको छ। 

स्थानीय तहले बाँदर नियन्त्रणका लागि बर्सेनि लाखौँ रुपैयाँ खर्चेका छन्। तर बाँदरले किसानको बालीनालीमा बितण्डा मच्चाउन छाडेको छैन। नेपालमा खासगरी रातो, आसामी रातो, नेपाली खैरो लङ्गुर, तराई खैरो लङ्गुर र हनुमान लङ्गुर प्रजातिका बाँदरको बाहुल्य रहेको बताइन्छ। समूहमा हिँड्ने र बालीनालीलाई छिनभरमै सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका हुन्। बाँदरबाट क्षति हुने कृषिजन्य उपजको क्षतिपूर्ति तथा बीमाबारे कानुनी प्रबन्ध गरिनुपर्ने किसानको माग सुनुवाई हुन सकेको छैन। सर्वोच्च अदालतले बाँदरबाट हुने क्षतिको क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको वर्षौँ बित्दासमेत कार्यान्वयन हुन सकेको छैन। 

बाँदरले हैरानी दिएपछि तनहुँको डुम्रेका किसानले बाँदर आतङ्क नियन्त्रण संघर्ष समिति नै गठन गरेका छन्। उक्त समितिले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यही माघ ११ गते ध्यानाकर्षणपत्र बुझाउँदै बाँदर बन्ध्याकरणलगायत बाँदर नियन्त्रणका उपायबारे अध्ययन/अवलोकनका लागि भारतको हिमाञ्चल प्रदेश जान लागेको समितिको टोलीमा बाँदर प्रभावित किसानलाई पनि समेट्न आग्रह गरेको थियो। 

समितिमा बाँदर प्रभावित किसानबाट उजुरी तथा गुनासो आउने क्रम बढेपछि भारतीय दूतावासको सहयोगमा विज्ञसहितको टोली बाँदर बन्ध्याकरणबारे तालिम लिन र अवलोकन भ्रमणका लागि छिट्टै त्यसतर्फ जाने भएको हो। 

बाँदरलाई ‘हानिकारक’ वन्यजन्तुको सूचीमा राखेर बात नलाग्ने गरी बाँदर मार्न पाउने अधिकार स्थानीय तहलाई दिनुपर्ने कतिपय विज्ञहरुको सुझाव छ। ठूल्ठूला उद्यान बनाएर ती उद्यानमा बाँदर राखेर बाँदर सरंक्षण र व्यवस्थापन गर्न सकिने विज्ञहरु बताउँछन्। वनजङ्गलमा बाँदरले रुचाउने खानेकुरा र घर वरपर बाँदरले नरुचाउने बोट बिरुवा लगाउँदा पनि बाँदर नियन्त्रणमा सघाउन पुग्ने उनीहरुको भनाइ छ। 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव केदार बरालले बाँदर नियन्त्रणका लागि जिल्लास्तरमा वनजन्य फलफूल खेती कार्यक्रम सञ्चालन गरिएपनि त्यो प्रयाप्त नभएको बताए। ‘प्रदेश सरकारले बाँदरबाट क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिने नीति पनि ल्याएको छ’, उनले भने, ‘मुख्य रुपमा आहाराकै खोजीमा बाँदर मानव बस्तीतिर छिरेको पाइन्छ, यसलाई रोक्न बाँदरलाई मनपर्ने कन्दमुल, फुलफूल र बोटविरुवा वनमै रोप्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्