इनरुवा । नेपाली काङ्ग्रेस देउवा समूहको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार सम्पन्न भएको पार्टीको नियमित १५ औँ महाधिवेशनबाट सुनसरी सभापतिमा श्रेष्ठ चयन भएका हुन् । त्यसै गरी जिल्ला सचिवमा मनिष राई र सह–सचिवमा रोशनकुमार खड्का चयन भएको पार्टीले जनाएको छ ।
युवा परिचालन, विद्यार्थी राजनीति, पार्टी सङ्गठन, विदेशमा जनसम्पर्क विस्तार र सामाजिक अभियान हुँदै जिल्ला नेतृत्वसम्म आइपुगेका श्रेष्ठको राजनीतिक यात्रा लामो र विविध जिम्मेवारीले भरिएको छ ।
देउवा समूहले यस अघि श्रेष्ठलाई सुनसरी जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । संयोजकका रूपमा जिल्लाभर सङ्गठन विस्तार, अधिवेशनको तयारी तथा विभिन्न तहमा नेतृत्व चयन प्रक्रियामा समन्वय गर्दै आएका श्रेष्ठ अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लामो समयदेखि नेपाली काङग्रेसको सङ्गठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय श्रेष्ठको राजनीतिक यात्रा युवा परिचालनबाट सुरु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।