• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं महानगरले सार्वजनिक स्थलमा झण्डै २ हजार डस्टबिन राख्ने

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०८०  १४:१९
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट  डस्टबिन (फोहोर दानी) राख्ने भएको छ।

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ। 

फोहोर दानीको एउटा सेटमा २ वटा बिन (भाँडो) हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो। उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए। 

Ncell 2
Ncell 2

‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ। महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ,’ श्रेष्ठले भने। 

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराइने श्रेष्ठले जानकारी दिए। छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकिएको पनि उनले बताए। ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ,’ उनले भने।

यसरी राखिने सेटहरु २ प्रकारका छन्। पहिलो खाले सेट सानो आकारको हो। यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ। १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन्। यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो। यस्ता बिन ३ सय सेट राखिनेछन्। 

मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ। १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन्। यसमा प्रयोग हुने स्ट्याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ हो। विभागकाअनुसार यो मुल्य कर बाहेकको हो। खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन्। 
 
बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिने छ। यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ। हरेक सेटमा नम्बर दिइएको छ। यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुने महानगरले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते
कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ । बुधबार, चैत ४, २०८२
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो... बुधबार, चैत ४, २०८२
यी चार प्रदेशमा वर्षाको सम्भावना जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्र... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते बुधबार, चैत ४, २०८२
कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला बुधबार, चैत ४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, चैत ४, २०८२
इरानसँगको युद्धलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा बुधबार, चैत ४, २०८२
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्