भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन् । उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन् । उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन् । थाहा पाउनुस्, उनको ब्युटी सेक्रेट्स :
कपाल : कपालको महत्व राम्रोसंग बुझेकी रेखाले यसलाई राम्रो हेरविचार गर्छिन् । उनले दही, अण्डा र मह मिसाएर आफैंले होमप्याक बनाउछिन् । उनी सातामा केही दिन नरिवलको तेलले पनि कपालको मसाज गर्छिन् । जसले उनको कपाललाई चमकदार र उज्यालो बनाइरहेको हुन्छ । उनी सकेसम्म बाहिर बजारमा पाइने उत्पादनहरू सकेसम्म लगाउँदिनन् ।
छाला : रेखा मेकअप नउतारिकन सुत्दिनन् । उनी क्लिनसिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्छिन् । शरीर सुख्खा बन्न नदिन उनी दिनमा प्रशस्त मात्रामापानी पिउछिन् । जसले शरीरको विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत पुग्छ र शरीरलाई ताजा र सक्रिय बनाउन सहयोग पु¥याउँछ ।
आँखा : रेखाको आँखा बोल्ड, प्राकृतिक र अभिव्यक्त गर्ने खालको छ । उनी आँखालाई आकर्षक बनाउन चाहिँदो मात्रामा लाइनर र आइ स्याडो लगाउँछिन् । आँखीभौंलाई हल्का मस्कारा लगाउँछिन् ।
डाइट : सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो । उनी बेस्सरी फ्राइ गरेको र चिल्लो खानेकुरा खाँदिनन् । रोटी, दही, तरकारी र सलादउनको खानाको अंगहुन् । उनी शाकाहारी हुन् र ओखर र अनार पनिउनी धेरै खान्छिन् । उनी खाना खाएको तीन घन्टापछि मात्रै सुत्न जान्छिन् । उनी सकेसम्म साँझको साढे ७ बजेसम्म डिनर लिइसक्छिन् ।
फिटनेश : रेखा स्वस्थ रहन र शरीरको आकारलाई दुरुस्त राख्न दैनिक १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन् । उनी गार्डेनिङ, नृत्य गर्न मन पराउँछिन् । यसबाट शरीर पनि फिट हुने उनको विश्वास छ । फिटनेश रुटिनमा उनी योगा पनि गर्छिन् ।
स्पा : दैनिक रुपमा स्पा जानु रेखाको नियमित रुटिन हो । उनलाइ अरोमाथेरापी र आयुर्वेदिक मसाजको महत्व राम्रोसंग थाहा छ । त्यसैले उनी घरमा मसाज र स्पा गर्छिन् ।
असलनिद्रा : राम्रो स्वास्थ्यका लागि निद्रा पनि आवश्यक छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने उनको बानी छ । यसले उनलाई दिनभर उर्जा दिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।