• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ध्यान गर्ने तरिका

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०७५  ००:५९
1140x725

शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो । आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो । जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न थाल्छ । यसबाट तनावको अवस्था सिर्जना हुन थाल्छ ।


मानव सामाजिक प्राणी भएकाले यो तनावले हाम्रो मनोवैज्ञानिक स्थितिलाई पनि भित्रभित्रै हल्लाउन थाल्छ, मक्काउन थाल्छ । यसले हाम्रो सोच्ने तरिकामा पनि प्रतिकूल असर गर्ने हुनाले वरिपरिको वातावरण र अन्य मानिससँगको हाम्रो सम्बन्ध वस्तुगत र तार्किक नभई एक अज्ञात डर र भयद्वारा निर्देशित हुन थाल्छ ।
प्रकृतिमा अनेक किसिमका घटना हुन सक्छन् । त्यसका बारेमा हामीलाई पूर्वज्ञान हुँदैन । जस्तो : बाटोमा हिँड्दा हिँड्दै एक्कासी सर्प अगाडि देखियो भने पछाडि हुत्तिइन्छ ।

कुनै हिंस्रक जनवारले आक्रमण गर्न खोज्दा ज्यान जोगाउन जोडले भागिन्छ । त्यस बेला सामान्य स्थितिमा नाघ्न नसकिने खाल्डो नाघ्न सकिन्छ । प्रकृतिले यस्तो घटनाबाट जोगिन हामीभित्र भिड्ने वा भाग्ने आन्तरिक क्षमता दिएको छ । ज्यानै खतरामा परेको यस्तो संकटकालमा मुटुको धड्कन आफैं बढ्छ, मुटुले बढी रगत पम्प गर्छ । पेटका धमनीहरु खुम्चिन्छन्, आँखाको नानी ठूलो हुन्छ, श्वास बढ्छ । मांसपेशी शक्तिशाली हुन्छन् । कलेजोबाट रगतमा ग्लुकोज छोडिन्छ । मस्तिष्क र शरिरको क्रियाकलाप बढ्छ ।

वास्तवमा यो आत्तिएको अवस्थामा शक्ति उत्पादन गर्ने र खर्चिने (श्वासप्रश्वासको दर बढाउने) हाम्रो मस्तिष्कको भाग सक्रिय भएर आउँछ । खतरामुक्त स्थितिको बोध भएपछि यो शारीरिक ज्वार र कम्पन विस्तारै कम हुन्छ ।  हामी फेरि पुरानै अवस्थामा फर्किन थाल्छौं । यो स्वाभाविक प्रक्रिया हो ।

कहिलेकाहीँ घटनाहरु मनोगत हुन थाल्छन् । अर्थात् वास्तविक खतरा नभए पनि मनले त्यो खतराको कल्पना गर्न थाल्छ । अक्सर कुनै आघातको असर मनमा गहिरिएमा यस्तो हुन थाल्छ । कल्पना र अज्ञात भयको पनि आफ्नै खालको शक्तिशाली जैविक, शारीरिक, मनोवैज्ञानिक र संवेगात्मक प्रतिक्रिया हुनसक्छ । प्रत्येक पटक मनमा त्यो कल्पना आउनासाथ ज्यानलाई खतरा हुने वास्तविक घटनाले जस्तै मुटुको गति बढ्नेदेखि लिएर अनेकौँ शारीरिक प्रतिक्रिया र संवेग उत्पन्न हुन्छन् ।

यस्तो स्थिति लामो समयसम्म जारी रहेमा यसले अनेकौँ शारीरिक र मानसिक खतरा निम्त्याउँछ । तनावबाट सबैभन्दा पहिले रक्तचाप बढ्न थाल्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । निरन्तर तनावले हृदयघात, मधुमेह, अनेकौँ खालका एलर्जी, पाचन प्रणालीको सन्तुलन बिग्रिने, अकारण डर लाग्ने, निद्रा नलाग्ने जस्ता दैनिक जीवनलाई सीधै असर पार्ने रोग देखिन थाल्छन् ।


यस्ता कल्पनाजन्य खतरा र भयबाट उत्पन्न तनावलाई समयमै नियन्त्रणमा ल्याउने कोसिस गर्नुपर्छ । वास्तविक खतराभन्दा पनि भविष्यको खतराको भय भयावह हो । वास्तविक खतरा छोटो समयका लागि हुन्छन् । मनोवैज्ञानिक डर सिर्जना हुन नदिने केही सामान्य उपाय अवलम्बन गर्न सकिन्छ । ज्यानलाई खतरा भएका बेला सुरक्षित स्थानमा सर्नु र बस्नु जति जरुरी छ, मनलाई शान्त राख्नु, धैर्य नगुमाउनु र सहयोगी भावना राख्नु पनि उत्तिकै जरुरी छ । एक्लै कुरा खेलाउने र धूमिल भविष्यको कल्पनामा गर्नाले रोग देखा पर्छ । शरीरको रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ ।

मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ । अन्यथा सचेतन रुपले जवाफ दिन पर्ने स्थितिमा हामी अचेतन प्रतिक्रिया गर्न सक्छौं । जुन घातक हुन सक्छन् । शान्त मनमा दौडिने सकारात्मक भावहरुले संकट व्यवस्थापन गर्न मद्दत गर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञानले जतिसुकै प्रगति गरे पनि अनेकौं प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा छैनन् । यस्ता क्षति हामीले खेप्नैपर्छ । यस्ता विषम परिस्थिति हामी आत्तिनु पनि स्वाभाविक हो । तर, यस्तो परिस्थिति नभएका बेला पनि आत्तिरहनु र अरुलाई पनि अत्याइरहनु अस्वाभाविक हो । यस्तो समयमा मनलाई शान्त राखेर सम्भावनालाई पहिल्याउनु जरुरी हुन्छ ।


मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ । त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर

राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ । प्रकृतिको नियतिलाई नकार्न सकिँदैन ।  तर, यसैमा अल्झिएर ऊर्जा  खेर फाल्नु हुँदैन । योग गरौं । ध्यान गरौं । जुन सहज जीवनका लागि लाभदायी हुन सक्छ ।

ध्यान विधि

Xtrem

Xtrem


ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ ।


त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं ।
त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ ।


-  गुञ्जन ध्यान– ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।

जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह… म…को आवाजलाई ४–५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ ।

यसबाट उठ्ने कम्पनहरु दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह…म…को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

(लेखक ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षक हुन्)

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्