काठमाडौं- सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन्। नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक करहरू खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरेको हो।
सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहित विपरीत थप कर लगाइएको आरोप लगाएको छ।
सिनेमा हलहरुमा सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा विरोध स्वरुप २०८० माघ २२ गते एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।