काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन्। आइतबार बसेको सञ्चालक समितिको २८औँ बैठकले अग्रवाललाई अध्यक्षको चयन गरेको हो।
अग्रवाल कोरोना महामारीको समयमा थर्मल गन सहित रंगेहात पक्राउ परेका थिए। उनी विरुद्ध जिल्ला अदालतमा कालोबजारीको मुद्दा विचाराधीन छ।
गत शुक्रबार बसेको कम्पनीको वार्षिक साधारण सभाले अग्रवाल सहित ६ जनालाई सञ्चालकमा निर्विरोध चयन गरेको थियो। यसरी निर्विरोध सञ्चालक बन्नेहरुमा संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड रहेका थिए। त्यसैगरी सर्वसाधारणको तर्फबाट राजीवप्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध चयन भएका थिए।
साधारण सभा पश्चात बसेको कम्पनीको पहिलो सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यसअधि पनि यस कम्पनीको अध्यक्ष ने थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।