स्वास्थ्य लाभ गर्न औषधि खाइन्छ । तर ठीक किसिमले औषधि नखाँदा त्यसले उल्टो हानि हुन सक्छ। औषधि खाँदा यी कुराहरुमा ध्यान दिनुहोला ।
१. ट्याब्लेट/क्याप्सुल खाँदा (चपाएर खाने बाहेक) सबै औषधि चिकित्सक वा फर्मासिस्टको सुझाव अनुसार खानुपर्छ । औषधि खाँदा कम्तिमा एक गिलास पानी पिउनु राम्रो हुन्छ ।
२. औषधि सकभर सुती–सुती खानु हुँदैन । बसेर खानु राम्रो हुन्छ ।
३.चिकित्सक वा फर्मासिस्टले संगसंगै खान हुने भनेर स्पष्ट नभनेका औषधि २ घण्टाको फरकमा खानु उपयुक्त हुन्छ ।
४.आँखा कमजोर भएका बिरामीलाई परिवारका अन्य सदस्यले औषधि दिनु पर्छ । औषधि राखेको ठाँउमा अन्य खाद्यपदार्थ राख्नु हुँदैन ।
५. फरक फरक बिरामीले खाने औषधि एकै ठाँउ मिसाएर राख्नु हुँदैन ।
६. औषधिलाई घाम लाग्ने ठाँउमा राख्नु हुँदैन ।
७. म्याद नाघेका औषधि जथाभावी फाल्नु हुँदैन । फाल्नु परेमा जस्तो किसिमले आएको छ त्यस्तै गरी गाडिदिनु पर्छ ।
८. चिकित्सकको सल्लाह बीना औषधिको मात्रा आफै बढाएर वा घटाएर खान हुदैन ।
९. औषधिहरु बालबालिकाले भेट्ने ठाँउमा राख्नु हुँदैन ।
१०. चिकित्सकको सल्लाह बीना सिधै औषधि पसलमा गएर औषधि किनेर खानु हुँदैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।