उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ। ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।
उच्च रक्तचापको जोखिममा को ?
परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्गौला फेल, दृष्टिघात आदि भएका
शारीरिक तौल आवश्यक भन्दा बढी भएका
गर्भवती महिला
गर्भनिरोधक (परिवार नियोजनका) चक्की प्रयोग गर्दै गरेका महिला
धुम्रपान गर्ने व्यक्ति
उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति
अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।