काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्।
व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले नेपाललाइभसँग बताए। राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ।
गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।