काठमाडौं– नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्यमा मदन खरेल नियुक्त भएका छन्। शुक्रबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिँदै संसदमा पेस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।
बैठकले स्वास्थ्य नियमावली तथा प्रहरी पाचौं संशोधन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ।
मन्त्री अधिकारीका अनुसार कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्य मन्त्रीहरुको विदेश भ्रमणलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।