काठमाडौं– बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान उपमहानरपालिका–५ घर भएका ३५ वर्षीय गुजराज विक र इटहरी नगरपालिका–३ का २४ वर्षीय बद्री विक छन्।
माघ ८ गते दिउँसो ६ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प १८५१ नम्बरको स्कुटरमा सवार उनीहरुबाट ५३ तोला चाँदी बरामद भएको बारा प्रहरीका प्रवक्ताले बताए।
उक्त चाँदीका लागि उनीहरुले १ लाख १३ हजार १७० रुपैयाँ बराबरीको फर्जी बिल समेत बनाएर बोकेको खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।