काठमाडौं– तीन किलोभन्दा बढी चाँदी चोरी गरेको र चोरेको सामान किनेको आरोपमा गरी दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अनिल बराइली र राजन शाक्य छन्। बराइली चोरी आरोपमा पक्राउ परेका हुन् भने शाक्य चोरीको चाँदी किनेको आरोपमा पक्राउ परेका हुन्। घटना ललितपुर इमाडोलको हो।
गत पुस २८ गते इमाडोलमा शम्भू विश्वकर्माले सञ्चालन गरेका स्नेहा सिल्भर कारखानबाट ३ किलो २०७ ग्राम चाँदीका तीन वटा ढिक्काहरु हराएका थिए। त्यसपछि शम्भूले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरी अनुसन्धानबाट उक्त चाँदी सोही काम गर्ने बराईलीले चोरी गरेको थियो। उक्त सामान बराइलीले ललितपुर मंगलबजारमा रहेको शिवजी ज्वेलर्सका सञ्चालक शाक्यलाई ३ लाख ३० हजार रुपैयाँमा बेचेका थिए।
चोरेको र चोरेको सामान किनेको आरोपमा दुवै जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पक्राउ गरेको छ। उनीहरुविरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।