काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले संघीय संस्कृति नीतिको नयाँ मस्यौदा तयार गरेको छ।
संस्कृति ऐन २०६७ लाई संशोधन गर्न लागेको मन्त्रलयले मस्यौदा तयार गरेको हो। संस्कृति निति परिमार्जनका लागि कुलपति भूपाल राईको नेतृत्वमा मा बनेको समितिले सोमबार संस्कृति मन्त्री सुदन किराँतीलाई मस्यौदाको प्रतिवेदन बुझाएको हो।
समितिमा संयोजक नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति भूपाल राई सदस्यहरु पूर्व व्यस्थापिका सांसद मल्लके सुन्दर, डा अमर गिरी, डा सुरेश श्रेष्ठ,डा प्रेम खत्री, डा वीणा पौड्याल, डा डिल्ली ओली,डा टेक गुरुङ, चलचित्र निर्देशक नवीन सुब्बा, देवशरण यादव, शिवराज रेग्मी रहेका थिए।
मस्यौदालाई आगामी मन्त्रिपरिषद्मा लगेर ऐन निर्माणमा लाग्ने मन्त्री सुदन किराँतीले बताएका छन्। यससँगै पर्यटन र हवाई नीति संशोधनका लागिसमेत समितिले काम गरीरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।