• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गृहमन्त्रीको आदेशपछि सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल

जिल्लाका फाइल ब्यूरोमा तानेर अनुसन्धान हुँदै
64x64
नारायण अधिकारी आइतबार, माघ ७, २०८०  १२:३०
1140x725

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो। 

रविविरुद्धको अनुसन्धान अघि बढ्ने संकेत करिब १ महिना अघि नै गृहमन्त्री श्रेष्ठले दिएका थिए। बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि जवाफ दिन भन्दै पुस १६ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको थियो। 

राज्य व्यवस्था समितिका सदस्य समेत रहेका रविले गृहमन्त्री श्रेष्ठको नियतमाथि नै प्रश्न उठाएका थिए। बालकुमारी घटनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरीमाथि भएको सरुवा, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको इमान नदेखिएको भन्दै रविले चर्को आलोचना गरेका थिए। त्यतिबेला रविले गृहमन्त्रीलाई भनेका थिए, ‘बरु समुन्द्रमा हराएको टाइटनिक भेटिएला, तर तपाईंमा नैतिकता भेटिन्न।’

गृहमन्त्री श्रेष्ठले रविलाई जवाफ दिँदा उनी बाहिरिसकेका थिए। गृहमन्त्रीले श्रेष्ठले रविलाई भनेका थिए, ‘मलाइ केही पर्छ कि क्या हो। त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरुलाई। अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानूनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर आरोप लगाउन भएन। दोष छ भने कारबाही गर्न सकिन्छ। प्रतिशोध साध्न सकिन्न।’

गृहमन्त्री श्रेष्ठले ‘केही गर्ला कि’ भनेर रविले पहिले नै ‘खुट्टा उचालेको’ समेत टिप्पणी गरेका थिए। ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ कि भन्ने हुन्न। खुट्टा उचाले पनि समाइन्छ। त्यसो गरेर त हुन्न नि !’ गृहमन्त्री श्रेष्ठले भनेका थिए। गृहमन्त्रीले श्रेष्ठले चेतावनीसहित ‘खुट्टा उचाले पनि समाइन्छ’ भनेको १५ दिनपछि नै सीआईबी प्रमुखलाई बोलाएर जीबी–रवि जोडिएको सहकारी प्रकरणको अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

गृहमन्त्रीको निर्देशनपछि अहिले सीआईबीले जीबी–रवि जोडिएको सहकारी घोटालाको अनुसन्धान अघि बढाएको छ।

रवि–गृहमन्त्रीको नोकझोकको १० दिनपछि पुस २५ गते गृहमन्त्रीको नेतृत्वमा गृहसचिव, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सीआईबीका एआईजी, एसएसपी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। उक्त बैठकमा पनि सहकारीका समस्या हल गर्नेबारे छलफल भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले अहिले जीबी–रवि जोडिएको भनिएको सहकारीको फाइलमाथि अनुसन्धान अघि बढाएको छ। गृहमन्त्रीको निर्देशन अघिसम्म जीबी–रवि जोडिएको भनिएको सहकारी घोटालाको अनुसन्धान सीआईबीले गरेको थिएन। सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर कारबाही प्रक्रिया समेत अघि बढाएका थिए। 

तर गृहमन्त्री श्रेष्ठको निर्देशनपछि अहिले जीबी–रवि जोडिएको सहकारी घोटालाका फाइल सीआईबीले तानेर अनुसन्धान गरेको छ। उच्च प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘जीबी–रवि जोडिएका सहकारीका फाइल अहिले जिल्लाबाट तानेर सीआईबीले अनुसन्धान अघि बढाएको छ। अहिले फाइल अध्ययनकै क्रममा छन्।’

सीआईबी स्रोतले समेत अनुसन्धान अघि बढाएको नेपाल लाइभलाई जानकारी दियो। सीआईबी स्रोतले भन्यो, ‘जीबी–रवि जोडिएको भनिएका सहकारी घोटाला प्रकरण धेरै ठाउँहरुमा भएको भन्ने पाइएपछि एकत्रित गरेर केन्द्रबाटै अनुसन्धान गर्ने निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको छ।’

तर औपचारिक रुपमा भने सीआईबीले यो अनुसन्धानबारे केही बोलेको छैन। यसबारे सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले नेपाल लाइभसँग भने, ‘यो त सम्बन्धित जिल्लाबाटै अनुसन्धान भएको हुनुपर्छ। यसबारेमा मलाई जानकारी भएन।’

गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले जीबी–रवि जोडिएको भनिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल जिल्ला प्रहरी कार्यालयबाट केन्द्रमा झिकाएको छ। 

जिल्ला प्रहरी कार्यालयबाट सीआईबीले लगेका ती फाइलहरु अहिले अध्ययनकै क्रममा छन्। फाइल अध्ययनपछि के–कसरी मुद्दा चलाउन सकिने अवस्था रहछ, क–कसको संलग्नता खुल्छ सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँभन्दा बढी, चितवनको साहाराबाट ११ करोड रुपैयाँभन्दा बढी, बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा गएको देखिएको छ। गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए।

यता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको थियो। तर रविले आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम शनिबार, भदौ ६, २०८३
नीति र नेतृत्वदेखि स्थानीय चुनावसम्म : रास्वपाको कार्यशाला सुरु शनिबार, भदौ ६, २०८३
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्