काठमाडौं– काठमाडौंमा आज (आइतबार)देखि दिउँसोको समयमा विभिन्न स्थानमा ७ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ।
नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने छ।
माघ ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।