काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेको हो।
क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो।
कार्यक्रममा एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले खेलकुदमा ठूलो लगानी आवश्यक रहेको बताए।
नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफैं व्यवस्थापन गर्नुपर्ने बिडम्बना रहेको बताए। उनले ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।