काठमाडौं– शनिबार उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो।
महाशाखाका अनुसार यसबाहेक अन्य स्थानमा भने मौसम सफा रहनेछ। यद्यपि तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना भने उत्तिकै छ।
महाशाखाले हुस्सुबाट तराईको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसको असर र चिसोबाट जोगिनका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।