जोर्डन- सिरियाको स्वीडामा जोर्डनले गरेको हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वीडा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ।
दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ।
सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ। जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ।
-सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।