काठमाडौं– बाराको कलैया उपमहानरपालिकाका मेयर विनोद साहलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। अपरिचित व्यक्तिले मेयर साहको मोबाइल नम्बरमा फोन गर्दै धम्की दिएका थिए।
आफूलाई धम्की आएको भन्दै मेयर साहले प्रहरीमा उजुरी समेत दिएका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका–५ महुवनका ३६ वर्षीय भोला गिरी छन्। उनलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीका प्रवक्ता तथा डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।