प्रतिकात्मक तस्बिर
सिमकोट– चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा १ जना नेपालीको मृत्यु भएको छ। ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका नेपालीको मृत्यु भएको हो।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापा रहेका छन्।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज (बिहीबार) हेलिकोप्टरमार्फत् हिल्सा ल्याइएको आफन्त कुमार भण्डारीले जानकारी दिए। हुम्लाबाट नेपालगञ्ज हुँदै शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।