• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गर्भ अवस्थामा ध्यान दिनै पर्ने यी ११ कुरा

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  १२:१६
1140x725

महिलाका लागि गर्भअवस्था निकै जटिल क्षण हो। यो अवधिभर र बच्चा जन्मने समयमा गर्भवती महिलाको स्वास्थ्यमा संकट आइपर्न सक्छ। विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा जोखिमको सम्भावना बढी हुन्छ। त्यसैले यो संवेदनशील समयमा गर्भवती महिलासँगै उनका परिवारका सदस्यले धेरै कुरामा ख्याल गर्नुपर्छ।
गर्भ अवस्थामा ध्यान दिनैपर्ने कुरा यस्ता छन्ः

पोषण युक्त खानपानः
गर्भावस्थामा साविकभन्दा बढी पोषणको आवश्यकता हुन्छ। प्रोटिन, आइरनयुक्क्त खानेकुराहरु प्रसस्त मात्रामा खानुपर्छ। आमाबाट आइरन बच्चामा जाने भएकाले पनि आइरन चक्की सरकारका तर्फबाट निःशुल्क वितरण गरिएको छ। साथै, बच्चा जन्माउने बेलामा भएको रक्त्तस्रावको परिपूर्तिका लागि पनि आइरन चक्की र आइरनयुक्क्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ। माछा, मासु, हरियो सागपात प्रसस्त मात्रामा खानुपर्दछ।

पोषणले बच्चाको बृद्धि विकासमा सहयोग पुग्छ। साथै, फोलिक एसिडको प्रयोग गर्भ रहनुभन्दा तीन महिना अघिबाट गर्न थालियो भने बच्चामा हुने न्युरल ट्युब डिफेक्टको समस्या न्यून हुन्छ। सन्तुलित भोजनका साथै आइरन र क्याल्सियम चक्कीको प्रयोग पनि गर्भ अवस्थाका लागि लाभदायक हुन्छ। तर, आइरन र क्याल्सियम गर्भ रहेको पहिलो तीन महिनापछि मात्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ।

आरामः
गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा अलि बढी आरामको आवश्यकता पर्दछ। लामो समयसम्म उभिने र बस्ने गर्नु हुँदैन। दिनमा दुई घण्टा अनि राति आठ घण्टा निदाउनुपर्छ। सुत्दा सकेसम्म देब्रे कोल्टे फर्केर सुत्नु राम्रो हुन्छ। जसबाट गर्भमा रहेको बच्चाको रक्क्त सञ्चारमा असुविधा हुँदैन।

व्यायामः
गर्भ अवस्थामा सामान्य प्रकारका व्यायाम गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ। जस्तै, सामान्य घरको काम, हिडँडुल, लामो सास फेर्ने जस्ता सामान्य व्यायामहरु गर्नुपर्दछ। तर, व्यायाम गर्दा तल्लो पेट कडा भएमा, श्वासप्रश्वासमा समस्या आएमा र मुटुको चाल बढेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

यात्राः
पहिलो तीन मिहिना अनि अन्तिम तीन मिहना सम्भव भएसम्म लामो दूरी अनि अप्ठ्यारो सडकमा यात्रा नगर्दा राम्रो। लामो दूरीको यात्रामा खुट्टा सुनिने, थाक्नेजस्ता समस्या आइपर्न सक्छन्। २० हप्तापछि हवाई साधनबाट यात्रा गर्दा अक्सिजनको कमी भएर आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ।

धूमपान/मद्यपानः
अध्ययनहरुले देखाए अनुसार गर्भ अवस्थामा धूमपान र मद्यपानको सेवनले बच्चाको अङ्ग विकासमा समस्या ल्याउँछ। बच्चा कम तौलको समेत हुने सम्भावना रहन्छ। यसको सेवनले रक्क्तनलीहरुलाई साँघुरो बनाएर बच्चालाई पोषण अनि अक्सिजन प्रदान गर्ने प्रक्रियमा कमी आउँछ। जसबाट बच्चाको शारीरिक एवं मानसिक विकासमा हानी पुग्छ।

अन्य औषधिः
गर्भ अवस्थामा कुनै पनि किसिमका औषधिहरु सेवन गर्नु हुँदैन। गर्नै परे चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ। प्रथम ३ महिनामा बच्चाको अङ्ग विकास हुने भएकाले उक्क्त समयमा अत्यन्त सावधानी अपनाउनु पर्दछ।

Ncell 2
Ncell 2

सरसफाइः
गर्भ अवस्थामा शरीरमा धेरै पसिना आउने भएकाले सकेसम्म हरेक दिन नुहाउने गर्नुपर्छ। धेरै कसिलो लुगा लगाउनु हुँदैन। धेरै परिश्रम पर्ने कामहरु गर्नु हुँदैन।

नियमित जाँचः
गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनु पर्दछ। आमाको स्वास्थ्य अवस्था र बच्चाको स्वास्थ्य र विकास थाहा पाउन तोकिएको समयमा जाँच गराउनुपर्छ। विश्व स्वास्थ्य संगठनले निम्न समयमा जाँच गराउन उपयुक्त भनेको छः
पहिलो– १६ हप्ता पहिले
दास्रो– २४ देखि २८ हप्ताभित्र
तेस्रो– ३० देखि ३२ हप्ताभित्र
चौथो– ३६ देखि ३८ हप्ताभित्र

नेपालमा भने निम्न समयमा जाँच गराउन उपयुक्त मानिँदै आएको छ।
पहिलो– गर्भ रहेको थाहा पाउने बित्तिकै
दोस्रो– २८ देखि ३२ हप्ताभित्र
तेस्रो– ३६ देखि ३८ हप्ताभित्र
चौथो– बच्चा जन्मिने मितिभन्दा एक हप्ताअघि।

बच्चा जन्माउने तयारीः
बच्चा जन्माउने समय नजिकै आउँदै गर्दा सुत्केरी गराउने सम्पूर्ण सामाग्रीको जोहो गर्दै जानुपर्छ। जस्तैः पैसा, रक्क्तदाता, सवारी साधन, आमा अनि बच्चाका लागि कपडा, सुत्केरी अवस्थामा घरमा अन्य बच्चा हेर्ने मान्छे, अस्पतालसम्म लाने मान्छे आदि। साथै, कुन स्वास्थ्य संस्था जाने र कसरी जाने भन्ने कुरा पनि निर्धारण गर्नुपर्दछ।

परिवार नियोजनः
बच्चाको जन्म भएपछि स्तनपान राम्रोसँग ग¥यो भने केही समय त्यसले पनि परिवार नियोजनको काम गर्दछ। तर, जन्मान्तरका लागि उपयुक्त परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ। जन्मातर कायम गर्दा आमा र बच्चाको स्वास्थ्यमा समस्या देखा पर्ने सम्भावना कम हुन्छ।

स्तनपानः
जन्मिने बित्तिकै बच्चालाई आमाको दूध चुसाउनु पर्छ। कम्तिमा बच्चा ६ महिना पुगुन्जेल आमाको दूध खुवाउनु पर्छ। ६ महिनापछि आमाको दूधबाहेक अन्य पोसिलो खानेकुरा बच्चालाई खुवाउन सकिन्छ। आमाको दूध बच्चालाई २ वर्षसम्म खुवाउँदा राम्रो।
स्तनपानका फाइदा
–  बच्चालाई आवश्यक पर्ने सम्पूर्ण आवश्यक तत्व आमाको दूधबाट प्राप्त हुन्छ।
–  आमाको दूध बच्चाले सजिलै प्राप्त गर्दछ।
–  आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक झमता हुन्छ।
–  स्तनपानले केही महिनासम्म परिवार नियोजनको काम पनि गर्दछ।  
–  आमामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना कम गर्नुका साथै पहिलेको अवस्थामा फर्कन मद्धत समेत गर्दछ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् विघटनविरुद्ध सडकमा एमाले, आज ७७ वटै जिल्लामा जनप्रदर्शन गर्दै
किन ढिलो पत्ता लाग्छ मधुमेह?
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
सम्बन्धित सामग्री
यस्तो रहनेछ आज देशभरको मौसम आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। शनिबार, कात्तिक २९, २०८२
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जान... शुक्रबार, कात्तिक २८, २०८२
माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन् उनलाई भेट्न स्वास्थ्य मन्त्री शर्मा आज माइतीघर पुगेकी हुन्। मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन्। शुक्रबार, कात्तिक २८, २०८२
ताजा समाचारसबै
संसद् विघटनविरुद्ध सडकमा एमाले, आज ७७ वटै जिल्लामा जनप्रदर्शन गर्दै शनिबार, कात्तिक २९, २०८२
किन ढिलो पत्ता लाग्छ मधुमेह? शनिबार, कात्तिक २९, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, कात्तिक २९, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
सन्तोष परियारको राजीनामा पत्र : ‘नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन’ शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्