फाइल तस्बिर
काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन्। बुधबार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए। नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको उनको भनाइ छ।
उनले संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए। सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।