काठमाडौं- काठमाडौं दुई छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा एक जना युवाको शव भेटिएको छ।
मृत भेटिएका व्यक्ति सोही भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ रहेको पाइएको छ। उनी सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउस नजिक बागमती खोला किनारमा अर्का एक युवाको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।