काठमाडौं— नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ। यही माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो।
नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस एस/कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो।
त्यसैगरी सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट), नेसनल इनोभेसन सेन्टर(एनआइसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी(आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो।
उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले शोधकर्ताको रुपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ। युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधामा छुट्टाएको छ। जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्प्यूटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ।

यस शिखर सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ। सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु, भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतीकरणका आधारमा छनोट गरिने आयोजकले जनाएको छ।
युवा शिखर सम्मेलनमा सहभागी युवाहरुलाई विभिन्न उपाधि, प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ। प्रत्येक विधाका विजेताहरुलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन्।
पुरस्कारका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।