• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजारामको विगत सुनेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आँसु थाम्न सकेनन्

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  ०४:२८
1140x725

काठमाडाैं- सात वर्षकाे उमेर, बुबाआमाको काँखमा रमाउने समय। यही उमेर हो, आमाको हात समाएर विद्यालय जाने, हाँसखेल गर्ने र साथीसँग रमाउने। यही उमेरका राजाराम बस्नेत भने ०६३ सालमा दोलखाको ‘जफे’ गाउँबाट काठमाडौं आए। 

आफू कहाँं आए भनेर उनलाई थाहा थिएन। बानेश्वरको एउटा घरमा लगेर छाडेपछि राजारामलाई एक्लो महसुस भयो। सहरका अपरिचित मान्छेको घरमा आएकै दिनदेखि दुःखका श्रृखंला सुरु भए।

‘हरेक दिन बिहान ५ बजे उठ्थें, ५ रोपनीको गार्डेन सफा गर्थें, त्यसपछि घरको भुइँ पुछ्नुपर्ने, फूलमा पानी हाल्थें र बिहानको भाँडा माझ्थेँ,’ बाल श्रमिक भएर काम गर्दाका ती दिन सम्झेर भावुक भएका उनले भने, ‘बिहानको सबै काम सकेपछि स्कुल जानचाहिँ दिइएको थियो’।

स्कुलबाट घर फर्केपछि उही काम फेरि दोहोर्‍याउनुपर्थ्याे । त्यतिबेला उनी कक्षा १ मा भर्ना भएका थिए।

घरको आर्थिक स्थिति कमजोर भएकाले उनलाई काठमाडौं ल्याएर काममा लगाइएको थियो। पढ्नुभन्दा पनि खेल्ने उमेरमा बाल अधिकारका कुरा बुझ्दैनथे। तर उनको बाध्यता थियो, साहुकोमा काम गर्नु। ‘रुन धेरै आउँथ्यो, तर रोएर दुःख पोख्नलाई कोही थिएनन्,’ राजारामले विगत सम्झिए।

एकदिन उनी स्कुलबाट घर फर्कंदै थिए। साथीहरू खेलिरहेको देख्दा राजारामलाई साथीसँग खेल्ने रहर जाग्यो। खेलमा सामेल भए।

चौकीमा चिया पुर्‍याउन जाँदा प्रहरीका गाली, होटलमा आउने ग्राहकका गाली, साहुको गाली। तर ग्राहक चाँहि सबै उस्तै हुँदैनथे। कोहीकोही माया गरेर पैसा पनि दिन्थे। त्यही पैसा जोगाएर उनी कापी कलम किन्थे। 

खेल सकेर घर फर्कंदा अबेर भएको थियो। त्यसदिन उनले ठूलो यातना भोग्नुपर्‍यो। ढिलो घर गएको निहुँमा उनका कलिला गालामा घरबेटीका चप्पलका छाप बसे। त्यो पीडा असह्य थियो। त्यसपछि उनी बानेश्वरको त्यो घरमा रहन सकेनन्। भागेर बौद्धमा पुगे। बौद्ध चोकमा एउटा होटलमा काम गर्न थाले। 

nimb
nimb
Ncell 2
Ncell 2

कैदी र प्रहरीलाई चिया पुर्‍याउने, खाली भएका गिलास उठाउने, भाँडा माझ्ने र बच्चा हेर्ने लगायतका काम नयाँ ठाउँमा पनि श्रम कम थिएन। स्टोभ बालेर चिया पकाउँथे। मटिृतेल सकिँदा रातको १ बजेसम्म लाइन बसेर थाप्नुपर्थाे।

कामको चाप धेरै थियो। तर ९ वर्षीय बालकको पढ्ने चाहना भने मर्न सकेन। बिहानको काम सकेर उनी स्कुल गएकै हुन्थे। श्रम स्कुलमा पढ्थे। जहाँ उनीजस्तै बालश्रमिक पनि पढ्न आउँथे। 

होटेलमा माया गर्ने साहु भेट्न मुस्किल थियो। गाली त कति खाए कति। अनगिन्ती मानिसले गाली गरेजस्तो लाग्थ्यो उनलाई। चौकीमा चिया पुर्‍याउन जाँदा प्रहरीका गाली, होटलमा आउने ग्राहकका गाली, साहुको गाली। तर ग्राहक चाहिँ सबै उस्तै हुँदैनथे। कोहीकोही माया गरेर पैसा पनि दिन्थे। त्यही पैसा जोगाएर उनी कापी कलम किन्थे। 

रातको १० बजे काम सकेपछि उनी  पढ्न थाल्थे। सुत्ने बेलामा १२ बजेको हुन्थ्यो। स्कुलमा उनको पढाइ भने अब्बल थियो। परीक्षामा सधैं दोस्रो। 

बाल क्लब यात्रा
हरेक कक्षामा उनी सफलता पाइरहेका थिए। तर कामको चापले अध्ययनलाई नै थिच्ने अवस्था आयो। बौद्धको होटलमा काम गरेको ३ वर्ष भइसकेको थियो। 

त्यसपछि, उनी बानेश्वरको लाजिम्पाटमा सरे। केही सहज होला कि भन्ने उनको अनुमान थियो।नभन्दै त्यहाँ उनलाई सहज वातावरण नै भयाे। त्यहाँ उनले कुच्चो लगाउने, तरकारी काट्ने, रुम सफा गर्ने, बगैंचामा पानी हाल्ने लगायतका कामहरू गर्नुपर्थ्याे नै। तर, लाजिम्पाटमा भने उनले अभिभावककाे प्रेमकाे महशुस गरे। 'त्यहाँबाट नै मैले सपना देख्न सुरु गरेँ,' राजाराम मुस्कुराउँदै भन्छन्। 

त्यहाँ रहँदा उनले अंकल अर्जुन अधिकारीबाट धेरै कुरा सिके। साहु भन्दापनि अामाकाे व्यवहार गर्ने अन्टीबाट निकै सहयाेग पाए। अर्जुन अंकल जापानिज कुक पनि थिए। उनले अंकलबाट खाना पकाउन सिके।

२१ वटा स्कुलबाट अन्तरविद्यालय स्तरीय बाल क्लब सञ्जाल गठन गरिने रहेछ। उनी अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत भए। सबैलाई प्रभाव जमाइसकेका राजाराम अन्ततः अन्तर–विद्यालय सञ्जालको अध्यक्ष पनि भए।

लाजिम्पाट आएपछि भने राजारामको स्कुल परिवर्तन भयो। उनी महेन्द्र माविमा ५  कक्षामा पढ्न थाले। त्यतिबेलासम्म उनी आफ्ना कुरा राख्नसक्ने भइसकेका थिए। अरु साथी बोल्न डराउँथे, तर उनी बोल्नमा सिपालु थिए। स्कुलमा शिक्षकले सोधेको प्रश्नको जवाफ पनि निर्धक्क भन्न सक्थे। 

एकदिन स्कुलमा नौला मानिस आए। उनीहरू बालक्लब गठन गर्न आएका रहेछन्। राजारामले बालक्बल भनेको भर्खर सुनेका मात्र थिए। ‘म्यामले पनि राजाराम बस्छ भनेर भन्नुभयो,’ उनले भने, ‘त्यसपछि म पनि बाल क्लबको सदस्य भएँ।’ 

पहिलोपल्ट बाल क्लबको सदस्य हुँदा उनमा खुसीको सीमा थिएन। उनको उत्साह झनै बढ्न थाल्यो। विस्तारै समाज, समूह, अधिकारको बारेमा बुझ्दै गए। व्यवहार सिके, कार्यक्रम र योजनाबारे सिके। बालक्लबमा लागेपछि सिर्जनात्मक कुरामा उनको सक्रियता बढ्दै जान थाल्यो। 

बालक्लबले उनलाई आफू बालश्रमिक भएको ज्ञान दिलायो। जब उनले आफ्नो अवस्थाबारे बुझ्न सके, त्यसदिनदेखि उनले प्रण गरे, ‘नेपालमा बालश्रमिकको उद्धार गर्ने’।

बालक्लबको सदस्य हुँदा नै उनी धेरै आइडिया निकाल्थे। स्कुलभरमै उनको सक्रियता बढ्दै गयो। आफ्नो सक्रियताकै कारण कक्षा ७ मा पुगेपछि उनलाई सबैले बालक्लबको अध्यक्ष बन्न प्रेरित गरे। उनी महेन्द्र बाल क्लबको अध्यक्ष भए। 

बालक्लबको अध्यक्ष भएपछि राजारामले पहिलोपल्ट ‘रो नेपाल’ नामक संस्थाको तालिममा सहभागी भए। तालिममा सहभागी हुन जाँदा उनले आफूले अध्यक्ष हुँदा बाल क्लबमा गरेको कामको सूची र कार्ययोजना लिएर गएका थिए। तालिममा सहभागी हुँदा उनको सक्रियता र उत्साहबाट प्रभावित नहुने कोही थिएनन्। 

तालिममा २१ वटा विद्यालयका प्रतिनिधि सहभागी थिए। २१ वटा स्कुलबाट अन्तरविद्यालय स्तरीय बाल क्लब सञ्जाल गठन गरिने रहेछ। उनी अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत भए। सबैलाई प्रभाव जमाइसकेका राजाराम अन्ततः अन्तरविद्यालय सञ्जालको अध्यक्ष पनि भए।

०७१ सालमा काठमाडौं जिल्लाको जिल्ला बालसञ्जाल काठमाडौंको बाल भेला भयो। बालभेलामा उनी बाल क्लबको प्रतिनिधि भएर सहभागी भए।

जिल्ला बाल भेलाबाट नयाँ कार्यसमिति बन्दै थियो। उनले जिल्ला सञ्जालमा पनि अध्यक्षमा दाबी गरे। 

भेलाबाट जिल्लाकै अध्यक्ष हुने अवसर पनि मिल्यो राजारामलाई। ‘मलाई भाग्यले र साथीहरूले साथ दिए,’ उनको मुहारमा खुसी छल्कियो। 

जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष भएपछि उनलाई एकजना म्यामले भन्नुभयो, ‘राजाराम, जिल्लाका बालबालिकाको समस्या तिम्रो हातमा छ। यो कुराले उनको मनमा ठूलै प्रभाव पार्‍यो। बालकै भएपनि बाल अधिकारको लागि लड्ने उनले प्रण गरिसकेका थिए। 

सेनेटरी प्याड र खुत्रुके अभियान
जिल्ला बालक्लब सञ्जालको अध्यक्षका नाताले विभिन्न तालिममा सहभागी हुने अवसर मिल्यो। विद्यालयले कार्यक्रममा उनलाई अतिथिको रुपमा बोलाउन थाले। धेरै स्कुलका कार्यक्रममा सहभागी भए। यसरी सहभागी हुँदा उनले प्रत्येक स्कुलमा एउटा समस्या पत्ता लगाए।

सेनेटरी प्याड खरीद गर्दा साथीहरूले गिज्याए पनि। अभियानबाट पछि हट्ने उनको कुरै थिएन। उनको कामले प्रभावित भएर विद्यालय आफैं अभियानमा सरिक भयो। पछि विद्यालयले नै सेनेटरी प्याड र दराजको व्यवस्था गर्‍यो।

‘प्रत्येक स्कुलमा छात्रामैत्री शौचालय थिएन। रजस्वला भएको समयमा कतिपय छात्रा विद्यालय नै नआउने रहेछन्।’ 

यसपछि उनले एउटा अभियान चलाए, ‘छात्रामैत्री विद्यालयका लागि खुत्रुके अभियान’। अभियान आफैंबाट सुरु गरे। कार्यक्रममा जाँदा र काम गर्दा कसैले माया गरेर दिएको पैसा खुत्रुकेमा संकलन गर्न थाले।  जम्मा पैसाले उनले सेनेटरी प्याड किनेर स्कुलमा वितरण गरे।

पक्कै पनि योे अभियान चुनौतीपूर्ण थियो। सेनेटरी प्याड खरीद गर्दा साथीहरूले गिज्याए पनि। अभियानबाट पछि हट्ने उनको कुरै थिएन। उनको कामले प्रभावित भएर विद्यालय आफैं अभियानमा सरिक भयो। पछि विद्यालयले नै सेनेटरी प्याड र दराजको व्यवस्था गर्‍यो। पछि सबै कक्षाका विद्यार्थीले साथ दिए। 

हरेक शुक्रबार कम्तिमा १ रुपैयाँ सबै विद्यार्थीले राख्न थाले। अभियान अन्य स्कुलमा पनि फैलियोे। पछि जिल्लाका सबै विद्यालयमा उनको अभियानले चर्चा पायो। 

अभियानमा दौडिएका बालश्रमिक पाइला
०७२ मा महाभूकम्प गयो। उनी नदौडी बस्न सकेनन्। भूकम्प प्रभावित जिल्ला मध्ये ९ जिल्लामा राहत वितरण गर्न आफैं गए। विभिन्न संघसंस्थासँग समन्वय गरी राहत वितरणमा संलग्न भए। १२ दिनसम्म उद्धार गर्न अहोरात्र खटिए। प्रहरीलाई पानी र बिस्कुट वितरणमा लागिपरे।

गत वर्ष तराईमा बाढी गयो। त्यतिबेला पनि उनी विभिन्न सहयोग लिएर विराटनगर दौडिए। झुल, लत्ताकपडा र खाद्यन्न वितरणमा सहयोग गरे।

आफू स्वयम् बाल श्रमिकको पीडा भोगेका उनले पूर्व प्रधानमन्त्री समेत रहेका भटृराईसँग लामै कुरा गरेछन्। विगतदेखि वर्तमानसम्म सबै कुरा सुने बाबुरामले। राजाराम उनी समक्ष भक्कानिएका थिए।

प्रवीन सिलवाल संयोजक रहेको बाल अधिकारको राष्ट्रिय अभियानमा जोडिएर बालश्रम हटाउने अभियानमा जिल्ला बाल सञ्जाललाई पनि साथमा लिएर हिँडे। 

सामाजिक अभियानमा लाग्दालाग्दै उनी ‘ग्लोकल टिन हिरो’को टप ७ काे सूचीमा समेत पर्न सफल भए। 

पीडा बुझिदिने पूर्वप्रधानमन्त्री
मुुलुकी ऐन संहिता २०७४ को दफा ६४० देखि ६४४ मा रहेको त्रुटिपूर्ण व्यवस्था खारेज गर्न भन्दै भक्तपुर, ललितपुर, काठमाडौंमा बालबालिकाको लागि हालै राष्ट्रिय अभियानले चेतनामूलक नाटक प्रदर्शन गर्‍यो। उक्त व्यवस्था खारेज गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा चिठी बुझायो। बालबालिकाको अहितमा सहिंता रहेको भन्दै प्रधानमन्त्री सचिवालयमा चिठ्ठी दर्ता गरायो।

कानुनमन्त्री लगायत धेरै सांसदलाई भेटेर अभियानले आग्रह गर्‍यो। तर कोही पनि गम्भीर हुन सकेनन्। राजाराम आफैं यस अभियानमा सक्रिय थिए। उनी आफूजस्तै दुःख अन्य बालबालिकाले भोग्नु नपरोस् भन्ने पक्षमा थिए। 

यसै शिलशीलामा एकदिन उनी अभियानका संयोजक प्रविन सिलवाल, बालक्लबका सदस्य सोनी भटृराई बाबुराम भटृराई कहाँ गए।

‘म जस्तो बालश्रमिकले बाल अधिकारका लागि यतिधेरै योगदान दिन सक्छु भने, राज्यले किन सक्दैन? यदि साँच्चै राज्य लागिदिने हो भने देश बालमैत्री हुन कठीन छैन।’

आफू स्वयम् बाल श्रमिकको पीडा भोगेको उनले पूर्व प्रधानमन्त्री समेत रहेका भटृराईसँग लामै कुरा गरेछन्। विगतदेखि वर्तमानसम्म सबै कुरा सुने बाबुरामले। राजाराम उनी समक्ष भक्कानिएका थिए। ‘मेरो अवस्थाबारे कसैले यसरी चासो राखेको थिएन। तर, मेरो दुःख सुनेर म भन्दा पनि बढी दुःखी भएको महसुस भयो। वहाँ गम्भीर हुनुभयाे,' उनले भने, 'उहाँले आँसु थाम्न सक्नुभएन।' 

बाबुराम भटृराईबाट पाएको सकरात्मक विश्वासबाट उनी आशावादी छन्। 

एक मात्र चाहना : देश बालमैत्री बनोस्
अहिले उनी १७ वर्षका भए। सिभिल इन्जिनियरिङमा सब ओभरसियर पास गरे। एक वर्षअघि घरेलु कामदारबाट मुक्त भए। तर, श्रमबाट भने अझै मुक्त छैनन् उनी। ‘अध्ययनका लागि आर्थिक जोहो गर्नुपर्छ। एउटा होटलमा कुकको काम गरिरहेको छु,’ उनले भने। घरेलु श्रमिकबाट मुक्त भए नि समस्याबाट मुक्त छैनन् उनी। बाल बाअधिकारको सवाल उनी प्रत्येक सासमा खोज्छन्। समय मिलेसम्म अभियानको लागि कुद्छन्। 

सरकारी र गैरसरकारी संस्थाका गलत चरित्रविरुद्ध आवाज उठाउँछन्। कहिले सडक बालबालिकाको उद्धारमा लाग्छन्, कहिले आफूसँग जम्मा भएको पैसाले छात्रवृत्ति दिन तम्सन्छन्। बालबालिकाको हित विपरीत भएका कानुनी त्रुटि संशोधनको आग्रह बोक्दै मन्त्रालय धाउँछन्।

बाल दिवसमा राज्यले ठूलाठूला होटलमा कार्यक्रम गरेर पैसा खर्चन्छ। बालबालिकाको समस्याप्रति राज्य कहिल्यै संवेदनशील भएन। एकैछिन मौन देखिएका राजारामले गम्भीर हुँदै भने, ‘म जस्तो बालश्रमिकले बाल अधिकारका लागि यतिधेरै योगदान दिन सक्छु भने, राज्यले किन सक्दैन? यदि साँच्चै राज्य लागिदिने हो भने देश बालमैत्री हुन कठिन छैन।’

‘यो बालश्रमिकको एउटै सपना छ, देश बालमैत्री भएको हेर्न पाऊँ,’ उनका आँसु खसे।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश गोपाल रन पहेलीसमेतले दायर गरेको रिट न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले यस्तो आदेश गरेको हो । शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभागले मनसुन २०८३ को सम्भावित अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा मौसमविद् सुद... शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन नियमित रूपमा बिहान साढे ९ बजेदेखि पौने १० बजेसम्म प्रकाशन हुने सूची यस पटक करिब पौने ११ बजे मात्र अदालतको प्रणालीमार्फत उपलब्ध भएको... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्