काठमाडौं– ‘कथाभित्रका कथाहरू’ नामक वृतचित्रको टिजर सार्वजनिक भएको छ।
मकवानपुरको मनोहरी गाउँपालिका स्थित नयाँ बस्ती बसाएर बसेका चेपाङ समुदायका सन्तलाल प्रजाको कथामा आधारित वृतचित्रले सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्षलाई देखाउन खोजेको निर्माता दिपेन्द्र केसीले बताए।
विसं २०७४ साउन २७ र २८ गतेको बाढीले विस्थापित विभिन्न ठाउँका करिब डढे सय घरधुरी मनोहरीको जंगलमा बस्दै आएका थिए। तर अहिले करिब ९० घरधुरी चेपाङ समुदायको यहाँ बसोबास छ।
वडा नं ४ मनोहरी गाउँपालिका सबैभन्दा बढी चेपाङको बस्ती भएको स्थान हो। जीवन धान्नका लागि नयाँबस्ती बसालेका चेपाङ समुदायले भोगिरहेका सकसपूर्ण दैनिकीलाई सरोकारवाला र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्येश्यले ‘कथा भित्रका कथा’ निर्माण गरिएको दिपेन्द्र बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।