काठमाडौं– ‘द भ्वाइस अफ नेपाल'को पाँचौं सिजनको उपाधि इलामका विनोद राईले जितेका छन्।
गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।
विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन्। दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो।
यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।