विराटनगर– भारतीय मार्ग हुँदै गैरकानुनी रुपमा विदेश पठाउन लागिएका ४ जना चेलीको विराटनगरबाट उद्वार गरिएको छ।
विराटनगर–जोगवनी हुँदै ओमान जाने क्रममा रहेका चारै जनालाई विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट उद्वार गरिएको हो।
धनकुटा नगरपालिका ३ की २४ बर्षीया, १० की ३७ बर्षीया, दमक नगरपालिका १ की २० बर्षीया र काठमाडौं महानगरपालिका ३५ की २८ बर्षीया चेलीको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
सीमा/नाका सुरक्षार्थ खटिएको नेपाल प्रहरी, विश्व सेवा विस्तार संस्था र साना हात नामक संस्थाको सहयोगबाट उनीहरुको उद्वार गरिएको हो।
चारै जनालाई विश्व सेवा विस्तार संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।