झापा– झापाको गौरीगन्ज गाउँपालिकामा नालिमा डुबेर एक जना पुजारीको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका–४ घर भई गौरीगंज गाउँपालिका–२ स्थित बगाह चौरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आएका ६० बर्षीय देवी प्रसाद ताजपुरीयाको नालिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मन्दिरमा पुजा गरेर कोरोबारीतर्फ जाने क्रममा सडकबाट लडेर नालीमा डुबेको अवस्थामा ताजपुरीयाको शव स्थानीयले फेला पारेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि दमक स्थित आम्दा अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।