विराटनगर– सोलुखुम्बुमा भालुको आक्रमणबाट बिहीबार २ महिला घाइते भएका छन्।
दुधकुण्ड नगरपालिका ३ का ४० वर्षिया सानुमाया रानामगर र ५१ वर्षिया मनकुमारी राना मगर भालुको आक्रमणबाट घाइते भएका हुन्।
स्थानीय थुम्लिङ जंगलमा घाँस काट्न गएका समय उनीहरुलाई भालुले आक्रमण गरेको हो।
गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।