काठमाडौं- अदालतले हिरासतमा राख्नका लागि म्याद नदिएपछि टुटलका संस्थापक शिक्षित भट्ट रिहा भएका छन्। आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका भट्टराई थुनामा राखेर अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो।
तर, अदालते म्याद नदिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टराई रिहा गरेको हो। उनीविरुद्ध टुटलकै अर्का सञ्चालकले उजुरी हालेपछि प्रहरीले पक्राउ गरेको थियो।
टुटल नेपाल प्रालिका सञ्चालक शिवाङ्कजंग थापा समेतले भट्ट विरुद्ध परिसर काठमाडौंमा जाहेरी दिएका थिए। प्रतिलिपि अधिकार ऐन तथा आपराधिक विश्वासघात सम्बन्धीको कसुरमा उनीविरुद्ध उजुरी परेको थियो।
टुटल एप तथा सफ्टवेयरको सेयर होल्डरहरुको अनुमति बेगर प्रतिलिपि अधिकार हनन गरी आपराधिक विश्वासघात गरिएको जाहेरीमा उल्लेख गरिएको थियो। सेयर होल्डरको अनुमति बेगर प्रतिलिपि अधिकार हनन गरेर रापराधिक विश्वासघात गरी आर्थिक लाभ समेत लिएको बताइएको थियो।
यसरी आपराधिक लाभ लिई टुटल वाई जेपले टोटल एप नै टुटल वाई जेप हो नि सञ्चार गरी गैरकानुनी रुपमा सञ्चालन गरिएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।
प्रहरीले उजुरीकर्तालाई पनि बोलाएर सामूहिक छलफल गरेको थियो। तर त्यसमा सहमति नभएपछि थुनामा राखेर अनुसन्धान गर्न भन्दै अदालतमा उपस्थित गराइएको थियो। तर अदालतले अनुमति नदिएपछि उनलाई रिहा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।