काठमाडौं- नेपालमा पहिलो पटक राइड सेयरिङ एप सञ्चालनमा ल्याएको टुटल कम्पनीका संस्थापक शिक्षित भट्ट असहले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। बिहीबार राति भट्टराई परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
उनी पक्राउ पर्नुको मुख्य कारणमा टुटलकै अर्का सञ्चालकको उजुरी परेको पाइएको छ। टुटल नेपाल प्रालिका सञ्चालक शिवाङ्कजंग थापासमेतले भट्ट विरुद्ध परिसर काठमाडौंमा जाहेरी दिएका थिए। प्रतिलिपि अधिकार ऐन तथा आपराधिक विश्वासघात सम्बन्धीको कसुरमा उनीविरुद्ध उजुरी परेको थियो।
टुटल एप तथा सफ्टवेयरको सेयर होल्डरहरुको अनुमति बेगर प्रतिलिपि अधिकार हनन् गरी आपराधिक विश्वासघात गरिएको जाहेरीमा उल्लेख गरिएको छ। सेयर होल्डरको अनुमति बेगर प्रतिलिपि अधिकार हनन् गरेर रापराधिक विश्वासघात गरी आर्थि लाभ समेत लिएको बताइएको छ।
यसरी आपराधिक लाभ लिई टुटल वाई जेपले टोटल एप नै टुटल वाई जेप हो नि सञ्चार गरी गैर कानूनी रुपमा सञ्चालक गरिएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
प्रहरीले उजुरीकर्तालाई पनि बोलाएर सामूहिक छलफल गर्ने तयारी भएको जनाएको छ। २०७२ सालमा संविधान निर्माणप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमा नाकाबन्दी लगाएपछि राइड शेयरिङ एप टुटल सञ्चालनमा आएको थियो। सुरुमा टुटल मात्रै सञ्चालनमा रहे पनि पछि पठाओ, इन्ड्राइभ लगायत राइड शेयरिङ एप आएका थिए।
केही समयदेखि निष्क्रिय जस्तै रहेको टुटल पछिल्लो समय भने पुनस् सञ्चालनमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।