एजेन्सी - बालबालिका र किशोरहरुमा मोटोपनको समस्या १० गुणाले बढेको एक अध्ययनले देखाएको छ । दुई सय राष्ट्रमा गरिएको अध्यनन अनुसार १ करोड २४ लाख बालबालिका अत्यधिक मोटो रहेको फेला पारेको छ।
बेलायतमा ५ देखि १९ उमेर समूहका १० बालबालिकाबीच अध्ययन गर्दा प्रत्येक एकमा अत्यधिक मोटोपन पाइएको छ । उनीहरुमा मधुमेह, हृदयघात र क्यान्सरको समेत जोखिम रहेको अध्ययनको प्रतिवेदन छ।
सन् २०२५ सम्म मोटोपनका कारण उत्पन्न रोगको उपचारमा मात्र ९ अर्ब २० करोड युरो खर्च हुने देखिएको वर्ल्ड ओबेसिटी फेडिरेसनको निष्कर्ष छ।
फास्टफुडको अत्यधिक सेवनका कारण मोटोपनको समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, पूर्वी एसियाका बालबालिकामा पनि अत्यधिक मोटोपनको समस्या छ । भारत र चीनमा यो समस्या अझ बढ्दै गएको अध्ययनले देखाएको छ।
सन् २०१७ को सुरुवाती चरण गरिएको सो अध्ययन अनुसार विश्वमा २ सय ३ करोड व्यक्ति अत्यधिक मोटो फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।