काठमाडौं–डान्सिङ रियालिटी शो बुगी वुगी विजेता कविता नेपालीको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘यहि होला माया’ बोलको सार्वजनिक गीतमा कविता सँगै अभिनेता पल शाह र राज खम्बुको अभिनय रहेको छ।
एक नारायण भण्डारीको शब्द तथा अशिष अभिरलको संगीत रहेको गीतमा राज खम्बुको स्वर रहेको छ । प्रशान्त तामाङको कोरियोग्राफी गरेको भिडियोको छायाँकन कुमार केसीले गरेका हुन् । गीतकाे भिडियाेमा टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।