कैलाली– गौरीगंगा नगरपालिकामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ। बाख्रा व्यवसाय गर्दै आएका गौरीगंगा नगरपालिका- ६ का ५५ वर्षीय झंकर साउदको सर्पदंशबाट मुत्यु भएको प्रहरीले बताएको छ।
बाख्रा फर्ममा सुतिरहेका झंकरलाई राती ११ बजे सर्पले टोकेका थियो। उपचारका लागि धनगढीको सेती अञ्चल अस्पताल पुर्याउनेबित्तिकै उनकाे मृत्यु भएको सेति अञ्चल अस्पतालको आकस्मिक वार्ड इन्चार्ज कृष्ण बाेहराले जानकारी दिए।
सर्पले टोकेपछि उनकाे उपचारका लागि बढैपुरस्थित नेपाली सेनाको उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिहान सेती अञ्चल अस्पताल ल्याइएको थियो । सर्पले उनको हातको दाँया औंलामा टोकेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।