सियोल (एजेन्सी)– अमेरिकी सेनाले दक्षिण कोरियाली सेनासँग सहकार्य गर्दै कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गरेको छ। उत्तर कोरीयाले आणविक परीक्षणलाई तीव्रता दिइरहेका बेला अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास भएको हो। उनीहरुले आकाशबाट समुन्द्रमा क्षेप्यास्त्र प्रहार गरेका थिए।
उत्तर कोरियाको राजधानी पोङ्याङ्बाट केही महिना यता जापान र दक्षिण कोरिया लक्षित गर्दै हतियार परीक्षण गर्दै आएको छ। दक्षिण कोरियाले उत्तरको आक्रमण बढ्दै गएको अवस्थामा प्रतिरक्षा क्षमता विकासका लागि संयुक्त सैन्य अभ्यास भएको प्रतिक्रिया दिएको छ।
बीबीसँग दक्षिण कोरियाका एक उच्च सैनिक अधिकारीले भनेका छन्–उत्तरले निरन्तर आतंकित बनाइरहेका बेला हामीले प्रतिरक्षा क्षमता विकास गर्नुपर्ने महसुस गर्दै संयुक्त अभ्यास गरेका हौँ ।
अमेरिकाले भने अभ्यासमा जापानी सेनाको समेत संलग्ना रहेको बताएको छ। मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरको आतंक कम गर्न चाल्नुपर्ने कदमबारे ह्वाइट हाउसमा छलफल गरेका थिए। त्यसलगत्तै उत्तरमा अमेरिकी नीति समर्थन गर्ने दक्षिण कोरिया र जापानले संयुक्त अभ्यास गरेका हुन्। ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच सार्वजनिक रुपमै खरो टिप्पणी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।