विराटनगर– इलामको इलाममाई नगरपालिमा खोलाले बगाएर १ वृद्धको मृत्यु भएको छ।
वडा नम्बर ९, कालीखोपका ८४ वर्षीय सूर्यबहादुर राईको लोदिया खोलाले बगाएर मृत्यु भएको हो।
मंगलबार दिउँसो बजार जान हिडेका राई साँझसम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्दा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले मध्यरातपछि राईको शव लोदिया खोलाको किनारमा फेला पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।