• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

म्यानमारमा नेपालीको चित्कार : चिनियाँ गिरोहले बनायो साइबर स्लेभ, नेपाल फिर्ताका लागि १० लाख फिरौती

अझै १३ नेपाली चिनियाँ गिरोहको कब्जामा
64x64
नारायण अधिकारी मंगलबार, पुस १०, २०८०  १५:०९
1140x725

काठमाडौं– म्यानमारको विद्रोही समूहको पकड रहेको क्षेत्र मेओदीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दा चलाइरहेको छ। म्यानमार प्रशासनकोसमेत पहुँच बाहिर रहेको मओदीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’ अपराधमा भने नेपालीहरुलाई प्रयोग गरिएको छ।

चिनियाँहरु बाहिर सबै कुराको व्यवस्थापन गर्छन् तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरु प्रत्यक्ष जोडिन्छन्। ताकि भोलिका दिनमा प्रशासनले कारबाही चलाए पनि नेपालीहरुमात्रै फसुन् र आफूहरु उम्कन पाइयोस्। यही अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्‍याउँदै ‘साइबर स्लेभ’ (डीजीटल दास) बनाउने गरिएको छ।

विशेषगरी कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिहरुलाई साइबर स्लेभको रुपमा प्रयोग गर्न चिनियाँ गिरोहको टार्गेटमा राख्दै आएका छन्। कम्युटरसम्बन्धी ज्ञान हुनेहरुलाई थाइल्याण्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर थाइल्याण्ड पुर्‍याउने र त्यहाँबाट म्यानमार लगेर साइबर स्लेभ बनाउने गरिएको छ।

नेपालबाट भारत, थाइल्याण्ड हुँदै त्यहाँबाट म्यानमार, लाओस र कम्बोडिया पुर्‍याएर बन्धक बनाइ साइबर दासको रुपमा नेपालीहरुलाई चिनियाँ गिरोह प्रयोग गर्ने गरिको छ। गिरोहका एजेन्टहरुले नेपाली युवायुवतीहरुलाई थाइल्याण्डमा कम्युटरसम्बन्धी रोजगारीका लागि भन्दै प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ लिएर म्यानमार पुर्‍याउँदै आएका छन्। म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने गर्छन्। त्यसपछि स्क्यामिङ तथा फ्रडको रुपमा नेपालीहरुलाई प्रयोग गर्ने गरिएको छ।

दक्षिण पूर्वी एसियाका देशहरुमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको छ। यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिण पूर्वी एसियाका देशहरुमा पुर्‍याएर साइबर स्लेभ बनाउने गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानले देखाएको छ।

भनेको नमाने करेन्ट लगाउँदै यातना, नेपाल फिर्ताका लागि १० लाखसम्म फिरौती
म्यानमार, लाओस, कम्बोडियालगायत देशका विद्रोही समूहको पकड रहेको क्षेत्र तथा विकट ठाउँहरुमा क्याम्प नै खडा गरेर चिनियाँ गिरोह अनलाइन स्क्यामिङको काम गर्दै आइरहेको छ। राज्यको पहुँचसमेत हुन नसक्ने ठाउँहरुमा क्याम्प खडा गरेर राख्ने गरिएको छ। सोही क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरुलाई अनलाइन फ्रड तथा स्क्यामिङहरुमा प्रयोग गर्ने गरेको फिरौती बुझाएर नेपाल फर्केकाहरुले प्रहरी समक्ष बयान दिएका छन्।

सुरुका दिनहरुमा राम्रो व्यवहार गर्ने र पछि उनीहरुले भनेअनुसार काम नगरे कुटपिट गर्ने, यातना दिने, करेन्ट लगाउनेसम्म गरेको पाइएको प्रहरीले जनाएको छ। पछि नेपाल फर्कनसमेत गिरोहले पीडितका परिवारसँग फिरौती माग्ने गरेका छन्। म्यानमारबाट फर्केका अधिकांश जसोले चिनियाँ गिरोहलाई फिरौती बुझाएर फिर्ता भएका छन्। उनीहरुले १० लाख रुपैयाँसम्म फिरौती बुझाएर नेपाल फर्केको प्रहरी समक्ष बताएका छन्। त्यो पनि अवैध क्रिप्टोकरेन्सीमार्फत् रकम हाल्न लगाएर फिरौती बुझेपछि मात्रै चिनियाँ गिरोहले आफ्नो नियन्त्रणमा रहेकाहरुलाई छाड्ने गरेका छन्।

२४ जनाको उद्धार, ३ चिनियाँसहित १९ पक्राउ
साइबर स्लेभको रुपमा दक्षिण पूर्वी एसियाका देशहरु म्यानमार, लाओस र कम्बोडियामा बन्धक बनाइएका २४ नेपालीहरुको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ। २४ नेपालीलाई उद्धार गरेसँगै उनीहरुलाई पठाउने गिरोहका १९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। जसमा ३ जना चिनियाँ नागरिक र १६ जना चिनियाँका नेपाली एजेन्टहरु रहेको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए। पक्राउ गरेर मुद्दा चलाइएकामध्ये १३ जना पुरुष र ६ जना महिला छन्।

Ncell 2
Ncell 2
nimb
nimb

१९ जनाविरुद्ध १५ वटा मुद्दा चलाइएको छ। जसमा म्यानमारमा बन्धक बनाइर साइबर स्लेभ बनाएको आरोपमा ९, लाओसमा ३ र कम्बोडियामा स्लेभ बनाएको आरोपमा ३ गरी १५ वटा मुद्दा दर्ताको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए।

१३ नेपाली अझै चिनियाँ गिरोहको कब्जामा
म्यानमारमा अझै १३ जना नेपालीहरु चिनियाँ गिराहको कब्जामा रहेको सूचना आएको ब्यूरोका एसएसपी श्रेष्ठले जानकारी दिए। ‘अपुष्ट सूचनाअनुसार त धेरै नेपालीहरु चिनियाँको कब्जामा रहेको भन्ने छ तर अहिलेसम्म आएका सूचनाको आधिकारिकता मान्दा १३ जना नेपाली म्यानमार बन्धक रहेको देखिन्छ’ एसएसपी श्रेष्ठले नेपाल लाइभसँग भने।

उनीहरुको उद्धार तथा नेपाल फिर्ताका लागि निरन्तर प्रयास भइरहेको ब्यूरोले जनाएको छ। नेपाली फिर्ता ल्याउनसमेत चिनियाँ गिरोहलाई फिरौती बुझाउनुपर्ने अवस्थामा आएको पीडितहरुले प्रहरीलाई बताएका छन्। अवैध च्यानलमार्फत् रकम हाल्न लगाएको तर त्यसका लागि आफूहरुसँग रकम नभएको भन्दै पीडितले ब्यूरोलाई महिनादेखि गुहारिरहेका छन्। प्रहरीले उद्धारका लागि निरन्तर सक्रियता देखाए पनि अहिलेसम्म उद्धार हुन सकेको छैन।

कुटनीतिक पहल फितलो हुँदा उद्धारमा कठिनाई : प्रहरी
आफ्नो कब्जामा लिएर डिजिटल दास बनाएका नेपालीहरुको उद्धारका लागि सक्दो पहल भएको प्रहरीले जनाएको छ। व्यक्तिगत सम्बन्धको आधारमा म्यानमारका सुरक्षाकर्मीसँग पहल गर्नेदेखि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् पनि उद्धारका लागि पहल गरिएको मानव बेचबिखन ब्यूरोको भनाइ छ।

Xtrem

Xtrem

तर, यतिले पजि चिनियाँ गिरोहको कब्जामा रहेका नेपालीहरुको उद्धार हुन नसकेपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि प्रहरीले पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै उद्धार गर्नुपर्ने बताइए पनि चिनियाँको कब्जामा रहेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन सकेको छैन।

‘प्रहरीको एकल प्रयासबाट सफल नभएपछि कुटनीतिक माध्यममार्फत् उद्धारका लागि हामीले पत्राचार गरिरहेकै छौं। तर पनि अहिलेसम्म उद्धार हुन सकेको छैन,’ ब्यूरो स्रोतले नेपाल लाइभसँग भन्यो। प्रहरीले सोझै कुटनीतिक पहल फितलो नभएको नबताए पनि परराष्ट्रटलाई पत्राचार गराउँदासमेत अहिलेसम्म उद्धार हुन नसक्नुले कुटनीतिक पहल फितलो भएको प्रष्ट हुन्छ।

म्यानमारको मात्रै होइन रुसी सेनामा भर्ना भएका नेपाली, युक्रनेको कब्जामा रहेका नेपाली तथा हमासको नियन्त्रणमा रहेका विपीन जोशी अहिलेसम्म रिहा हुन नसक्नुले पनि कुटनीतिक पहलको अवस्थालाई छर्लङ्ग पारेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्च प्रवेश गर्दै आइतबार, असोज १८, २०८३
कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने आइतबार, असोज १८, २०८३
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्