विराटनगर– झापाको कन्काई नगरपालिकास्थित शंका खोलाको बाढी वडा नम्बर ३ स्थित गाउँमा पस्दा अन्दाजी २ लाख ३० हजार मूल्य बराबरको क्षति भएको छ।
बाढीले स्थानीय लुखी मुर्मुको २० हजार, जनता सोरेनको ५० हजार, बाहा किस्कुको १५ हजार, होपनी किस्कुको १ लाख, सोम हस्ताको १५ हजार, तिलक लोकान्द्रीको १५ हजार र दलबहादुर लिम्बुको १५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबारको अविरल वर्षासँगै खोलामा पानीको बहाव बढेर गाउँ पसेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।