राजविराज– जिल्ला प्रहरी कार्यालय सप्तरीले भारत निकासी हुँदै गरेको १० हजार बोतल अवैद्य मदिरा नियन्त्रणमा लिएको छ।
भारतको बिहारमा सन् २०१६ देखि नै मदिरा बिक्रिवितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। बिहारमा प्रतिवन्धित मदिरा नेपाल र भारतका तस्कर मिलेर अवैद्य रुपमा ओसार–पसार हुन थालेपछि सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए।
पछिल्लो एक सातादेखि सीमा क्षेत्रमा प्रहरीको सक्रियता थप कडा बनाइएपछि विभिन्न नाकाबाट कस्तुरी ब्रान्डका ५ हजार र सोफिया ब्रान्डका ५ हजार गरी कुल १० हजार बोतल मदिरा नियन्त्रणमा लिइएको उनको भनाइ छ।
तस्करीमा संलग्न व्यक्तिहरु भने फरार भएको विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।