• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राष्ट्रपति ज्यू, धीरताको बाँध फुट्यो भने केले सिउने, केले टाल्ने...?

64x64
सञ्जय पन्थी शनिबार, पुस ७, २०८०  ०८:२२
1140x725

राष्ट्रपतिको उपचार गर्न सरकारले दियो थप १० लाख, समाचारको शीर्षक छ। उक्त समाचारलार्इ ट्विट गर्दै, विकासविद् सूर्यराज आचार्य लेख्छन्, ‘आम जनताको धैर्यताको बाँधमा पानीको सतह/चाप निरन्तर बढ्दो छ। कुनबेला फ्याट्ट ला'र बाँध फुट्ने हो, था’ छैन।’ 

समाचारमा  ‘राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको छ। साथै समाचारमा गत आर्थिक वर्षमा सरकारले राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ उपलब्ध गराएको थियो।

सरकारका गतिविधि र राष्ट्रपतिका कार्यबारे प्रतिक्रिया व्यक्त गर्ने आचार्य प्रतिनिधि पात्र हुन्। किनकी पछिल्ला दिनमा गणतन्त्रप्रति नै सार्वजिनक रूपमा अविश्वास प्रकट भैरहेका बेला आचार्यको प्रतिक्रिया प्रतिनिधिमुलक अभिव्यक्ति हो। त्यसैले बेलैमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतका उच्च पदमा आसिन पदाधिकारीले मित्यव्ययीता अपनाउन आवश्यक छ। त्यसो त केही दिनअघि प्रधानमन्त्रीकी छोरी रेनु दाहालले छोरीको बिहे राजसी ठाँटमा भव्य होटलमा गरेर मित्यव्ययीताको खिल्ली नै उडाइन्। त्यसले नागरिकमा राजा फालेको देशमा राजशाही आचरण गएन भन्ने सर्वत्र चर्चा छ। 

तत्कालीन  भारतमा  चन्द्रगुप्त मौर्यका गुरु एवं प्रधानमन्त्री चाणक्य सामान्य झुपडीमा बस्थे। एक साँझ उनीसँग भेट गर्न आफन्त आएछन्। ती व्यक्ति प्रवेश गर्नासाथ उनले बलिरहेको दियो निभाएर अर्कै दियो बालेछन्। यो देखेर आगन्तुकलाई अचम्म लागेछ। उनको जिज्ञासा शान्त पार्न चाणक्यले भने, ‘यो सरकारी तेलबाट बलेको थियो। त्यसैले निभाएर अर्को दियो बालेको हुँ। किनकि तपाईं मेरो व्यक्तिगत अतिथि हुनुहुन्छ। व्यक्तिगत अतिथिका लागि सरकारी तेल बाल्नु फजुल खर्च हुन आउँछ।’

भारतमा शासन र शासकहरूको कुरा गर्दा अहिले पनि चाणक्यबारे चर्चा हुन्छ। माथिकै प्रसंगमा आधारित जीवनशैली त्यहाँका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम आजादले पनि देखाएका थिए। उनको जीवनशैली शासक सबैका लागि प्रेरक हुन सक्छ।

कलामको जीवनमा सादगी, मितव्ययीता र इमानदारीजस्ता अनुकरणीय गुण रह्यो। राष्ट्रपति भएसँगै उनीसँग भेट गर्न केही आफन्त केरलबाट दिल्लीस्थित राष्ट्रपति कार्यालय आएछन्। सबैलाई राष्ट्रपति भवन ल्याइएछ। उनीहरूलाई ल्याउँदा सरकारी सवारी उपयोग नगर्न कलामले अनुरोध गरे। राति बास पनि सरकारी अतिथिगृहमा नराखेर अन्यत्रै व्यवस्था गरिएछ।

करिब एक हप्ता बसेका अतिथिका लागि खर्चबापतको ३ लाख ५४ हजार ९ सय रुपैयाँ उनले आफैंले भरण गरेका थिए। कार्यकाल पूरा गरेपछि उनलाई बिदाइ सन्देश दिन आग्रह गरियो। त्यस बखत उनले  ‘म अझै पनि एक अर्ब देशवासीसँगै छु, कसरी बिदाइको सन्देश दिऊँ?’ भनी जवाफ दिएका थिए।

राष्ट्रपति भएकै बखत उनलाई बनारस हिन्दू विश्वविद्यालयको आईआईटीको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइयो। मञ्चमा लहरै ५ वटा कुर्सी राखिएका थिए। बीचको कुर्सी अन्यभन्दा ठूलो थियो, जुन राष्ट्रपतिलाई थियो। तर उनी उक्त कुर्सी छाडेर सामान्य कुर्सीमा बसे।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रमका सभाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपतिले ‘राष्ट्रपति महोदय, यो ठूलो कुर्सी हजुरलाई हो’ भने। तर उनले जवाफ दिए, ‘म सानो कुर्सीमै बस्न रुचाउँछु।’ त्यसपछि उपकुलपतिले पनि सामान्य कुर्सी मगाएर आसन ग्रहण गरे।

कलाम राष्ट्रपति भएपछि पहिलोपटक केरेलको त्रिवेन्द्रम पुग्दा उनी बसेको सरकारी भवनमा भेट्न जाने पहिलो व्यक्ति जुत्ता सिउने मोची थिए। त्यसपछि उनले खाना खाने सामान्य झोपडी होटलका मालिक पुगेका थिए। विगतमा कलामले देखाएको आत्मीय व्यवहार कै कारण उनी त्यहाँ गएका थिए। वैज्ञानिक एवं अनुसन्धानरत विद्यार्थी भएर कलामले धेरै वर्ष त्रिवेन्द्रममा बिताएका थिए।

आज कलाम छैनन् तर पनि भारतमा आदर्श व्यक्तिको गणना गर्दा उनको नाम छुट्दैन। उनको जीवनशैलीबाट प्रेरणा लिन सके शासकहरू जनताबाट तिरस्कृत हुन पर्दैन। सादा जीवन र उच्च विचारका साधक कलाम राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि भएर नेपाल पनि आएका थिए।

यहाँ कलामलाई स्मरण गर्नुको कारण भन्न नपर्ला, किनकी राष्ट्रपति भए कै बखत पनि सामान्य जीवन यापन गरेर देश र जनताको विश्वास जित्न सकिन्छ भन्ने हो। त्यसो त अघिल्ला दुई राष्ट्रपति रामवरण यादव र विद्या भण्डारीले नपनाएको जीवन शैली मैले किन अपनाउने भन्न सक्नु हुन्छ?
 
तर उहाँहरू भन्दा चिन्तन र अनुभवका हिसावले तपार्इं फरक र परिपक्क देखिनु हुन्छ भन्ने नागरिक विश्वास थियो। राष्ट्रपति भएलगत्तै बिरामी भएर भारत जाँदा उपचार खर्च आफैं व्यहोर्ने बताउनु भएको थियो। तर सरकारले उक्त बखत ५५ लाख रूपैयाँ व्यभार गरेको  समाचार सार्वजनिक भयो। यस पटक पनि १० लाख रूपैयाँ खर्च भएको सार्वजनिक भएको छ। त्यसले तपाईंप्रतिको सम्मानमा आँच पैदा भएको छ।

त्यो आँच भनेको तपार्इंप्रति मात्र हैन, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हो। यतिबेला सबै क्षेत्रमा वेथिति बढेका बेला त्यसलार्इ नियमन गर्ने जिम्मेवारी तपाईंको पनि हो। तपाईंको उपचारमा सरकारले खर्च गर्न हुन्न भन्ने हैन। तर त्यो खर्च कहाँ कसरी भयो भन्ने हो? तपाईंको सचिवालयका नियुक्ति बारे पनि नागरिक चासो र असन्तुष्टि छ। किनकी तपाईं बीपी कोइरालाका अनुयायी एवम् समाजवादी परिचय बनाउनु भएको व्यक्ति हो। 

कोइराला आफैं प्रधानमन्त्री रहँदा स्वयम् आफ्नो बेतन कटौती गर्नुभएको प्रशंगबारे स्वयम् जानकार हुनुहुन्छ। त्यसो त यतिबेला जाजरकोटको भूकम्प पछि घरबासविहीनहरुमध्ये चिसोका कारण तीन दर्जन बढीको ज्यान गएको छ। उनीहरूको अवस्था बारेमा तपाईंलाई छट्पटी हुनु पर्ने हो।
 
जसरी भारतमा राष्ट्रपति कलामले एउटा आदर्श स्थापना गरे त्यस्तै आदर्श तपाईंले पनि गर्नुहुनेछ भन्ने नागिरक अपेक्षा थियो तर यतिबेला त्यो अपेक्षा भष्म भएको छ। त्यसैले आगामी दिनमा यस्ता समाचारप्रति सजगता अपनाउनु हुनेछ भन्ने अझै पनि नागरिक विश्वास छ।

सजगता अपनाउन सक्नु भएन भने नेपालको गणतन्त्रमा आदर्श पुरूषको अभाव भैरहेका बेला आचार्यले भने जस्तै जनताको धैर्यताको बाँध फुट्यो भने केले सिउने, केले टाल्ने...?

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सञ्जय पन्थी
लेखकबाट थप
राष्ट्रपति ज्यू, धीरताको बाँध फुट्यो भने केले सिउने, केले टाल्ने...?
यी रिगल र नारीको अस्तित्व रक्षाका लागि अपराध गरेका ती नेपाली खड्गबहादुर!
यसरी चुक्दै छन् हाम्रा दल
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्