• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजिट भिसामा मानव तस्करी : कर्मचारीको संलग्नतापछि अनुसन्धानमा अख्तियारको ‘इन्ट्री’

64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०८०  २०:०५
1140x725

काठमाडौं– नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि प्रवेश भएको छ। घुस लिएर सरकारी कर्मचारीले नै सेटिङमा भिजिट भिसामा मानव तस्करी गरेको पाइएपछि अख्तियारले पनि घटनाको अनुसन्धान गरेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतदेखि नेपाल वायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारी, वहालवाला प्रहरीसहित ३४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका ३४ जनामध्ये केही सरकारी कर्मचारी रहेको र उनीहरु घुससहित पक्राउ परेको पाइएपछि अख्तियारले समेत चासो देखाएर अनुसन्धान सुरु गरेको र त्यसका लागि सहयोग माग गरेको अपराध अनुसन्धान काार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यो पनि पढ्नुहोस

पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरी दाबी, थप अनुसन्धान हुँदै

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको होटल बाल्टिक इनबाट २ लाख रुपैयाँ घुससहित अध्यागमनका शाखा अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। २ लाख रुपैयाँ घुस लिदै गर्दा रंगेहात फेला परेका खड्काले पैसासमेत च्यातेका थिए। घुससहित पक्राउ पर्नु र अन्य सरकारी कर्मचारीले यो प्रकरणमा तानिएपछि अख्तियारले चासो दिएर छुट्टै अनुसन्धान अघि बढाएको हो।

प्रहरीले पक्राउ गर्दा खड्काको मोबाइलमा भिजिट भिसामा बाहिर जाने ६६ जनाभन्दा बढीको नाम लिस्ट समेत फेला परेको थियो। उक्त नामअनुसारका व्यक्ति रुजु गराएर सेटिङमा भिजिट भिसामा जान दिने र ती बाहेककालाई भने फर्काउने गरिएको थियो।

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

खड्कासँगै वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल पनि पक्राउ परेर अहिले हिरासतमा छन्। अध्यागमनका खड्काले प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ घुस लिएर सेटिङमा नक्कली डकुमेन्टमा भिजिट भिसामा मान्छे पठाउने गरेका थिए।

यता वायु सेवा र नेपाल एअर लाइन्सका कर्मचारी भने प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ लिन गरेको खुलेको छ। भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था छ। जसकारण नेपाल फिर्ता हुने टिकट नकाटी एअरलाइन्सको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पुर्‍याइएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

नेपाल फिर्ता हुने नक्कली टिकटको आधारमा नेपाली युवा–युवतीलाई भिजिट भिसामा विभिन्नु मुलुक पुर्‍याएवापत एअरलाइन्सका कर्मचारीहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एअरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल निलम्बनसमेत भइसकेका छन्। मानव तस्करको गिरोहले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउनका लागि एजेन्ट, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, एअरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ बुझाउने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

सरकारले भिजिट भिसासम्बन्धी प्रावधानलाई कडाई गरेपछि मानव तस्करको गिरोहले अध्यागमनका कर्मचारीदेखि प्रहरी, कन्सल्टेन्सी सञ्चालक, एअरलाइन्ससम्मका कर्मचारीलाई घुस खुवाएर नक्कली डकुमेन्टमा विदेश पठाउँदै आएका थिए।

भिजिट भिसासम्बन्धी कार्यविधि २०७९ अनुसार भिजिट भिसामा घुम्न जानका लागि वार्षिक ४ लाख आम्दानी देखिने र कर प्रणालीको दायरामा आएको देखिने विवरण पेस गर्नुपर्ने, दुबईकै लागि पनि कम्तीमा २ लाख बैंक डिपोजिट हुनुपर्ने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

तर, यी सबै डकुमेन्टहरु नक्कली बनाउने र विमानस्थलमा सेटिङ गरेर गिरोहले खाडी मुलकमा र्पुयाएरर नेपाली नागरिकलाई अलपत्र पार्दै आएका छन्। नेपाली महिलाहरुलाई खाडीको मुलुकहरुमा घरेलु कामदारमासमेत प्रतिबन्ध लगाइको छ। तर मानव तस्करको गिरोहले सेटिङमा खाडीको मुलुकमा नेपाली महिलाहरुलाई पठाएर घरेलु कामदारको रुपमा कामसमेत लगाउँदै आएको छ।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, दुईतर्फीको नक्कली हवाई टिकट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र त्यहाँ खटिएका अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा
पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्च प्रवेश गर्दै
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्च प्रवेश गर्दै आइतबार, असोज १८, २०८३
कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने आइतबार, असोज १८, २०८३
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्