• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजिट भिसामा मानव तस्करी : कर्मचारीको संलग्नतापछि अनुसन्धानमा अख्तियारको ‘इन्ट्री’

64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०८०  २०:०५
1140x725

काठमाडौं– नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि प्रवेश भएको छ। घुस लिएर सरकारी कर्मचारीले नै सेटिङमा भिजिट भिसामा मानव तस्करी गरेको पाइएपछि अख्तियारले पनि घटनाको अनुसन्धान गरेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतदेखि नेपाल वायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारी, वहालवाला प्रहरीसहित ३४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका ३४ जनामध्ये केही सरकारी कर्मचारी रहेको र उनीहरु घुससहित पक्राउ परेको पाइएपछि अख्तियारले समेत चासो देखाएर अनुसन्धान सुरु गरेको र त्यसका लागि सहयोग माग गरेको अपराध अनुसन्धान काार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यो पनि पढ्नुहोस

पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरी दाबी, थप अनुसन्धान हुँदै

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको होटल बाल्टिक इनबाट २ लाख रुपैयाँ घुससहित अध्यागमनका शाखा अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। २ लाख रुपैयाँ घुस लिदै गर्दा रंगेहात फेला परेका खड्काले पैसासमेत च्यातेका थिए। घुससहित पक्राउ पर्नु र अन्य सरकारी कर्मचारीले यो प्रकरणमा तानिएपछि अख्तियारले चासो दिएर छुट्टै अनुसन्धान अघि बढाएको हो।

प्रहरीले पक्राउ गर्दा खड्काको मोबाइलमा भिजिट भिसामा बाहिर जाने ६६ जनाभन्दा बढीको नाम लिस्ट समेत फेला परेको थियो। उक्त नामअनुसारका व्यक्ति रुजु गराएर सेटिङमा भिजिट भिसामा जान दिने र ती बाहेककालाई भने फर्काउने गरिएको थियो।

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

खड्कासँगै वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल पनि पक्राउ परेर अहिले हिरासतमा छन्। अध्यागमनका खड्काले प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ घुस लिएर सेटिङमा नक्कली डकुमेन्टमा भिजिट भिसामा मान्छे पठाउने गरेका थिए।

यता वायु सेवा र नेपाल एअर लाइन्सका कर्मचारी भने प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ लिन गरेको खुलेको छ। भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था छ। जसकारण नेपाल फिर्ता हुने टिकट नकाटी एअरलाइन्सको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पुर्‍याइएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

नेपाल फिर्ता हुने नक्कली टिकटको आधारमा नेपाली युवा–युवतीलाई भिजिट भिसामा विभिन्नु मुलुक पुर्‍याएवापत एअरलाइन्सका कर्मचारीहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Ncell 2
Ncell 2

पक्राउ परेका वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एअरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल निलम्बनसमेत भइसकेका छन्। मानव तस्करको गिरोहले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउनका लागि एजेन्ट, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, एअरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ बुझाउने गरेको र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्म ४० देखि ५५ हजारसम्म दिई सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

सरकारले भिजिट भिसासम्बन्धी प्रावधानलाई कडाई गरेपछि मानव तस्करको गिरोहले अध्यागमनका कर्मचारीदेखि प्रहरी, कन्सल्टेन्सी सञ्चालक, एअरलाइन्ससम्मका कर्मचारीलाई घुस खुवाएर नक्कली डकुमेन्टमा विदेश पठाउँदै आएका थिए।

भिजिट भिसासम्बन्धी कार्यविधि २०७९ अनुसार भिजिट भिसामा घुम्न जानका लागि वार्षिक ४ लाख आम्दानी देखिने र कर प्रणालीको दायरामा आएको देखिने विवरण पेस गर्नुपर्ने, दुबईकै लागि पनि कम्तीमा २ लाख बैंक डिपोजिट हुनुपर्ने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

तर, यी सबै डकुमेन्टहरु नक्कली बनाउने र विमानस्थलमा सेटिङ गरेर गिरोहले खाडी मुलकमा र्पुयाएरर नेपाली नागरिकलाई अलपत्र पार्दै आएका छन्। नेपाली महिलाहरुलाई खाडीको मुलुकहरुमा घरेलु कामदारमासमेत प्रतिबन्ध लगाइको छ। तर मानव तस्करको गिरोहले सेटिङमा खाडीको मुलुकमा नेपाली महिलाहरुलाई पठाएर घरेलु कामदारको रुपमा कामसमेत लगाउँदै आएको छ।

यो पनि पढ्नुहोस

तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, दुईतर्फीको नक्कली हवाई टिकट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र त्यहाँ खटिएका अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा हिमपात, जनजीवन प्रभावित
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
‘सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो’ : राष्ट्रपति पौडेल
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
हुम्लामा हिमपात, जनजीवन प्रभावित शनिबार, माघ १०, २०८२
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना शनिबार, माघ १०, २०८२
‘सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो’ : राष्ट्रपति पौडेल शुक्रबार, माघ ९, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा शुक्रबार, माघ ९, २०८२
एमाले ओखलढुंगा जिल्ला कमिटी नै नेकपामा समाहित शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्