काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा एमडी, एमएस र एमडीएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने भएका छन्। उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ।
उक्त कार्यविधिले मेडिकल चिकित्सामा एमडी, एमएस र एमडीएस गरेका चिकित्सकलाई आवेदन दिन रोकेको छ। यसको खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए। तर, आइतबार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका थिए।
चिकित्सामा डीएम वा सो सरहकाले भने आवेदन दिन पाउनेछन्। उपकुलपतिका लागि आवेद दिने समय पनि आइतबार सकिएको छ। माघ १८ गते १० दिनको म्याद दिएर आवेदन खुलाइएको थियो। उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल माघ ६ देखि सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।