काठमाडौं– अमेरिकाको लसएन्जलसमा लागेको आगोबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। स्थानीय मेडिकल एग्जामिनरले यसको पुष्टि गरेको छ।
इटनमा लागेको आगोबाट ११ जनाको मृत्यु भएको छ भने पेलिसेड्समा पाँच जनाको मृत्यु भएको बताइएको छ। अधिकारीहरुका अनुसार यो संख्या अझै बढ्नसक्छ।
पेलिसेड्समा आगलागीबाट करिब २१ हजार एकड क्षेत्र प्रभावित बनेको छ। फायर फाइटर्सले अहिलेसम्म यहाँ ८ प्रतिशत मात्र क्षेत्रमा नियन्त्रणमा लिएका छन्।
आगोबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र इटन दोस्रो नम्बरमा रहेको छ। जहाँ १४ हजार बढी एकड क्षेत्रमा आगो फैलिएको छ। लसएन्जलसका पेलिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ क्षेत्र आगोबाट प्रभावित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।